birat ribon

रुखमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

Neuro
रुखमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

विराटनगर , १८ बैसाख । रुखमा मोटरसाइकल ठोक्किएर दुर्घटनाहुँदा बुधबार राती मोरङमा एक जनाको मृत्यु भएको छ ।

बेलवारी नगरपालिका ८ राधानगरमा बुधबार ती ११ बजे को २८ प ७४५४ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा स्थानीय २१ बर्षीय सौजन कार्कीको मृत्यु भएको हो ।

cura insider

पछाडी सवार सोही ठाउँका २२ बर्षीय साने तामाङ घाइते भएका छन ।

इलाका प्रहरी बेलबारीका अनुसार राधानगर भित्री सडकखण्डमा राती रुखमा मोटरसाइकल ठोक्किदा घाइते भएका उनीहरुलाई उपचारकालागि विाटनगर स्थित नोबेल अस्पताल लगिएको थियो ।

उपचारकै क्रममा चालक कार्कीको राती नै मृत्यु भएको थियो ।

jackson ribon