birat ribon

रहेनन् बलिउड अभिनेता ऋषि कपूर

Neuro
रहेनन् बलिउड अभिनेता ऋषि कपूर

विराटनगर, १८ वैशाख । बलिउडका चर्चित अभिनेता ऋषि कपूरको निधन भएको छ ।

Padelux insider
cura insider

४ सेप्टेम्बर १९५२ मा इन्डियाको महाराष्ट्रमा जन्मिएका बलिउडका चर्चित अभिनेता कपूरको बिहीबार ६७ वर्षको उमेरमा निधन भएको हो ।

बुधबार बिहान स्वास्थ्यमा समस्या भएपछि उनलाई सर एच एन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा सास फेर्न समस्या आएपछि उनको निधन भएको हो ।

सन् २०१८ मा ऋषि कपूरलाई क्यान्सर भएको पत्ता लागेको थियो । जसपछि उनी न्यूयोर्कमा एक वर्षभन्दा बढी उपचार गरेर स्वस्थ भइ २०१९ को सेप्टेम्बरमा भारत फर्किएका थिए ।

त्यसपछि पनि पटकपटक जाँच गर्ने क्रममा उनलाई अस्पताल भर्ना गर्नुपरेको थियो ।

कपूरले २२ जनवरी १९८० मा १५ पटकको सह-कलाकार अभिनेत्री नीतू सिंहसँग विवाह गरेका थिए।

उनका दुई सन्तान छन् : अभिनेता रणवीर कपूर र डिजाइनर रिद्दिमा कपूर साहनी । ऋषि कपूर अभिनेत्री करिश्मा कपूर र करिना कपूरका काका थिए ।

५० वर्षको फिल्मी करिअरमा उनले ९२ भन्दा बढी फिल्ममा अभिनय गरेका छन् ।

सन् १९७३ मा सलाम बबी नामक फिल्मबाट उनले बलिउडमा डेब्यू गरेका थिए । यसअघि पनि उनले श्री ४२० र मेरा नाम जोकरमा बल कलाकारको रूपमा काम गरेका थिए ।

उनी अमर अकबर एन्थोनी, लैला मजनु, रफु चक्कर, सरगम, कर्ज, बोल राधा बोल आदि जस्ता हिट फिल्महरूको हिस्सा थिए ।

आफ्नो करिअरको पछिल्लो चरणमा, उनी कपूर र सन्स, डी-डे, मुल्क र १०२ नट आउट जस्ता फिल्महरूमा देखिएका हुन् ।

ऋषिलाई अन्तिम पटक इमरान हाश्मीको द बडीमा देखिएको थियो र हालै उनले आफ्नो अर्को प्रोजेक्ट, हलिउड फिल्म ‘द इन्टर्न’ को रीमेक घोषणा गरेका थिए, जसमा दीपिका पादूकोणको भूमिका पनि रहने भएको थियो ।

jackson ribon