birat ribon

भारतमा बन्दैछ कोरोना भ्याक्सिन, परीक्षण सफल भए मूल्य १ हजार

Neuro
भारतमा बन्दैछ कोरोना भ्याक्सिन, परीक्षण सफल भए मूल्य १ हजार

एजेन्सी, १८ बैशाख । हाल विश्वका विकसित देशहरु कोरोना सँग जुध्न लकडाउन मात्रै गरिरहेका छैनन्, यसको भ्याक्सिन विकासमा पनि तल्लिन छन् । भारत पनि यस मार्गमा पाइला चाल्दै छ ।

Padelux insider
cura insider

भारतमा कोरोनाभाइरसको भ्याक्सिनको विकासमा पुणेको सिरम इन्ष्टिच्युट लागेको छ । यसका सीइओ अडर पूनावाले ट्रायल सफल भएमा यही सेप्टेम्बर वा अक्टोबरसम्ममा कोरोना भ्याक्सिन आउने बताए ।

उनले यो भ्याक्सिन सफल भए बजारमा १ हजार भारतीय रुपैयाँमा उपलब्ध हुने बताए । भारतीय अखबार बिजनेश टुडेलाई दिएको एक अन्तरवार्तामा पूनावालाले जोखिम उठाउँदै भ्याक्सिनको एडभान्स ट्रायलभन्दा अगाडि नै उत्पादन सुरु गरेको बताएका छन् ।

सिरम इन्ष्टिच्युटले ३ वटा भ्याक्सिन परीक्षण र उत्पादन गर्ने गरी काम अगाडि बढाएको छ । यीमध्ये एक भ्याक्सिन त्यही हो जसलाई बेलायतको अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको हो र जुन भ्याक्सिन सबैभन्दा चाँडो आउने अपेक्षा गरिएको छ ।

jackson ribon