आजको मौषम : काठमाडौंसहित अधिकांश स्थानमा वर्षा

काठमाडौं, १८ बैशाख । आज काठमाडौं उपत्यका सहित देशैभरको मौसम दिनभर नै बदली भइरहने सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका मौषमविद् समीर श्रेष्ठका अनुसार केही दिनदेखि जारी हावाहुरी, चट्याङसहितको वर्षा आज (बिहीबार) पनि नरोकिने भएको हो ।

आज काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको मौषमविद् श्रेष्ठ बताउँछन् । उनका अनुसार अहिले चितवनमा पनि वर्षा भइरहेको छ र त्यो ‘सिस्टम’ बिस्तारै काठमाडौंतर्फ सर्दै छ ।

यस्तै देशका अन्य अधिकांश स्थानमा पनि आज वर्षाको सम्भावना रहेको मौसमविद् श्रेष्ठले जानकारी दिए ।

केही दिनयता देशमा पश्चिमी वायुरस्थानीय वायु र पूर्वी भू–भागनजिक बनेको न्यून चापीय क्षेत्रको प्रभावका साथै बंगालको खाडी रअरब सागरबाट समेत जलवाष्पयुक्त हावा प्रवेश गरिरहेको छ ।

Loading...