birat ribon

भारतमा एकैदिन ७१ को मृत्यु, उकालो लाग्दै कोरोना ग्राफ

Neuro
भारतमा एकैदिन ७१ को मृत्यु, उकालो लाग्दै कोरोना ग्राफ

काठमाडौं, १७ वैशाख । भारतमा कोरोना भाइरसका कारण बुधबार एकैदिन ७१ जनाको मृत्यू भएको छ ।

Padelux insider
cura insider

वल्डोमिटर्स्का अनुसार योसँगै कोरोना संक्रमणका कारण भारतमा ज्यान गुमाउनेको संख्या १ हजार ७९ पुगेको छ ।

भारतमा संक्रमितको संख्या पनि उच्च छ । यहाँ कोरोना संक्रमितहरुको संख्या ३३ हजार ६२ पुगेको छ । पछिल्लो २४ घण्टामा (बुधबार) मात्रै भारतमा १ हजार ७३८ नयाँ संक्रमित फेला परेका छन् ।

भारतमा कोरोना संक्रमितमध्ये ७ हजार ७४७ जना भने पूर्ण रुपमा निको भइसकेका छन् । हाल २३ हजार ५४६ जना उपचार गराइरहेको जनाइएको छ ।

jackson ribon