birat ribon

‘मेस्सीले बार्सिलोनासँग सम्झौता थप्छन्’

Neuro
‘मेस्सीले बार्सिलोनासँग सम्झौता थप्छन्’

एजेन्सी, १८ वैशाख । बार्सिलोनाका पूर्वअध्यक्ष जोआन लापोर्टाले लियोनल मेस्सी र क्लबबीच सम्झौता नवीकरण हुनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

Padelux insider
cura insider

पछिल्लो समय बार्सिलोना छोड्ने चर्चामा रहेका अर्जेन्टिनी स्टार मेस्सीले क्याप नोउ क्लबसँग सम्झौता नवीकरण गर्ने लापोर्टाको भनाइ छ

३२ वर्षीय मेस्सी र बार्सिलोनबीच २०२१ मा सम्झौता सकिँदैछ ।

तर, सर्वाधिक छ पटकका बालोन डी‘ओर विजेता मेस्सी ला लिगा च्याम्पियन क्लब बार्सिलोना छोड्ने मनसायमा रहेको बताइन्छ ।

तर, लापोर्टा भने मेस्सीले फेरि बार्सिलोनासँग सम्झौता थप्नेमा विश्वस्त छन् ।

‘मेस्सीले बार्सिलोनासँग सम्झौता थप्नेमा कुनै आशंका छैन’, उनले बुधबार ‘डिपोर्ट्स काउट्रो’सँगको कुराकानीमा भने ।

jackson ribon