काठमाडौ, १८ बैशाख । दक्षिण कोरियामा एक भवनमा आगलागी हुँदा ३८ जनाको मृत्यू भएको छ । सो भवन निर्माणधिन थियो ।
आगलागीमा परि १० जना घाइते भएका छन् । राजधानी सियोलबाट दक्षिणमा पर्ने इचिओन शहरको निर्माणाधिन भवनमा प्रज्वलनशील सामग्री विस्फोट हुँदा कम्तीमा ३८ जनाको ज्यान गएको दक्षिण कोरियाली संचार माध्यमले जनाएका छन् ।
एक जना अझै हराइरहेको बताइएको छ । ७८ जनाले काम गरिरहेकाले ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्ने अनुमान छ ।