birat ribon

ओखलढुंगा र उदयपुरमा फैलियो फौजीकीरा, नियन्त्रणमा छैन चासो

Neuro
ओखलढुंगा र उदयपुरमा फैलियो फौजीकीरा, नियन्त्रणमा छैन चासो

विराटनगर, १८ बैशाख । अघिल्लो वर्ष प्रदेश १ का बिभिन्न जिल्लाका कृषकले लगाएको मकै खेती सखाप पारेको फैजीकिराको प्रकोप पुनः फैलन थालेको छ । प्रदेश १ को उदयपुर र ओखलढुंगाका कृषकले लगाएको मकै खेतीमा फौजीकीरा फैलिएपछि कृषक चिन्तित छन् ।

Padelux insider
cura insider

ओखलढुंगाकोे चम्पादेवी गाउँपालिका ३ कालिकाका किसानले लगाएको मकैबालीमा फौजी किरा बढी देखिएको छ भने उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा फौजीकीरा अत्याधिक फैलिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको बैठकले प्रदेश सरकारसँग नियन्त्रणका लागि आग्रह गर्ने निर्णयनै गरेको छ ।

ओखलढुंगाका चम्पादेवीको माथिल्लो क्षेत्रमा मकै छर्न भर्खर सुरु भएपनि तल्लो भेग बेँसीमा भने मकै गोड्ने बेला भएको छ । गोड्ने बेलाको मकै कीराले खाएर नष्ट गरेको भन्दै किसानको दिनहुँ गुनासो गर्न आउने गरेको स्थानीय कृषक बलबहादुर तामाङको भनाई छ । यो विषयमा जनप्रतिनिधीले समेत चासो नदिएको कृषक बताउँछन् ।

मानेभञ्याङको थाक्ले, उबूँ, चिसंखुगढीको माम्खा लगायतका क्षेत्रमा फौजी किरा देखिएको छ । किराले मकै खान थालेको चिसंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले बताए । उनले फौजी देखिँदा बाली सखाप पार्ने त्रास बढेपछि कृषि शाखालाई अध्ययन गर्न भनिएको बताए ।

गत भदौमा पनि ओखलढुङ्गाको सुनकोसी, सिद्धिचरण, चिशंखुगढी र मानेभञ्ज्याङमा फौजी किराले वर्षे मकै सखाप पारेको थियो ।

कृषि ज्ञान केन्द्र उदयपुरका निमित्त प्रमुख नरनाथ रेग्मीका अनुसार उदयपुरको बेलका नगरपालिकाको वडानं १,२ र ३, चौदण्डीगढी नपाको ९ र १०, त्रियुगा नपाको ५,७, १३, १५ र १६, कटारी नपाको ४, ५, ६, १० र रौतामाईको २, ४, ५ र ७ मा संक्रमट देखापरेको छ ।

फौजीकीराले मकैको गुबोभित्र पसेर कलिला पात खाने गरेको छ । देशभर लकडाउनको चिन्ता भइरहेको बेला किसानलाई भने फौजीकिराको चिन्ताले सताएको छ ।

jackson ribon