birat ribon

नेकपामा ओलीको नयाँ अस्त्र : ‘गौतमलाई प्रधानमन्त्री, नेपाललाई तेस्रो अध्यक्ष’

Neuro
नेकपामा ओलीको नयाँ अस्त्र : ‘गौतमलाई प्रधानमन्त्री, नेपाललाई तेस्रो अध्यक्ष’

काठमाडौं, १८ बैशाख । नेकपामा बढ्दै गएको बिवादका बिच प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले नयाँ राजनीतिक जाल फालेका छन् ।

Padelux insider
cura insider

बुधबारको बैठकमा प्रधानमन्त्रीलाई बहुमत सदस्यले अप्ठ्यारोमा पार्ने आकलन भए पनि उनको नयाँ राजनीतिक जालले कार्यकारी अध्यक्ष प्रचण्ड सहितका सदस्यलाईनै अप्ट्यारोमा पारिदिएको छ ।

‘तपाईंले पार्टी र सरकार दुवै स्वेच्छाचारी ढंगले चलाउनुभयो, अब दुवै पदबाट राजीनामा दिनुहोस्’ कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले ओलीलाई बैठकमा भुमिका बाँधेर भन्दा प्रधानमन्त्री ओलीको नयाँ अस्त्र आयो ।

दाहालको जवाफ दिदै ओलीले भने ‘ल ठीकै छ म कोरोना संकट टरेपछि प्रधानमन्त्री छाड्छु, संविधान संशोधन गरेरै बरु उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाऔं, अनि, पार्टीको विधान संशोधन गरेर वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाऔं ।’

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालय बैठक झन्डै चार घण्टा बसेको थियो । राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश प्रकरणपछि पार्टीभित्र ओलीले पार्टी र सरकार दुवै मोर्चामा नेतृत्व दिन असफल भएको आवाज उठेको थियो ।

त्यसलाई बैठकमा अध्यक्ष दाहालले व्यक्त गरेका थिए।अध्यक्ष दाहालले गरेको प्रधानमन्त्रीको राजीनामा मागमा वरिष्ठ नेता नेपालले पनि थपेका थिए । सचिवालयका एक सदस्यका अनुसार प्रत्युत्तरमा प्रधानमन्त्रीले भने, ‘कोरोनाको संकटसँग जुधिरहेका बेला सरकारको नेतृत्व गरिरहेको व्यक्तिले राजीनामा दिन सक्दैन । राजीनामा दिनै पर्ने अवस्था आए कोरोनापछि दिउँला ।’

अब सचिवालय बैठक २० वैशाखमा पुनः बस्नेछ। २० स्थायी समिति सदस्यले पार्टी बैठक माग गरेका विषयमा पनि सोही बैठकमा मात्र निर्णयमा पुगिने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

jackson ribon