birat ribon

परीक्षणको दायरा बढाउन जिल्ला समन्वय समिति प्रमुखहरुको माग

Neuro
परीक्षणको दायरा बढाउन  जिल्ला समन्वय समिति प्रमुखहरुको माग

विराटनगर, १७ वैशाख । प्रदेश १ का जिल्ला समन्वय समितिका प्रमुखहरुले कोरोना परीक्षणको दायरा बढाउनु पर्ने बताएका छन् ।

Padelux insider
cura insider

उनीहरुले र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) विधिलाई बढाउन माग गरे ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेसँगको भिडियो कन्फ्रेन्समा प्रमुखहरुले क्वारेन्टाइनमा बसेकाहरुको अनिवार्य आरडिटी गर्न माग गरे ।

१४ दिन क्वारेन्टाइनमा बसेकाहरुलाई आरडिटीको दायरा बढाउन उनीहरुको माग छ । क्वारेन्टाइनमा बसेकाको संख्याको आधारमा किट पठाउन समन्वय समिति प्रमुखहरुले माग गरे ।

इलामका प्रमुख गणेश बरालले जिल्लामा आरडिटी किट अभाव भएको बताए । आरडिटी किट अभावका कारण क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण गर्न नपाएको उनले गुनासो गरे ।

इलाममा स्वास्थ्यकर्मी र औषधिको पनि अभाव भएको प्रमुख बरालले बताए ।

झापाका प्रमुख सोमनाथ पोर्तेलले आरडिटी किटको अभावमा परीक्षण गर्न नसकिएको बताए । झापामा भारत लगायतका विभिन्न देशबाट ९ सय जना आएको उनको भनाइ छ ।

बाहिरीदेशबाट आएकाहरु अधिकांश होमक्वारेन्टाईनमा रहेकाले उनीहरुको आरडिटी अनिवार्य गर्नुपर्ने उनको माग छ ।

आवस्यक किटको अभावमा परीक्षण हुन नसकेको उनले बताए । बोर्डरको सुरक्षामा कडाई गरिएको प्रमुख पोर्तेलले बताए ।

ते¥हथुमका प्रमुख शिव ढुंगानाले बाहिरी जिल्लाबाट आउनेहरुलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने गरिएको बताए ।

संखुवासभाका प्रमुख सुमन शाक्यले काठमाण्डौं लगायतका विभिन्न जिल्लाहरुबाट जिल्ला प्रवेश गरेकाहरुलाई क्वारेन्टाइनमा राखिएको बताए ।

संखुवासभामा स्वास्थ्यकर्मीको अभाव भएको उनले बताए ।

jackson ribon