birat ribon

प्रधानमन्त्रीको राजीनामा माग्नु मुलुकलाई अस्थिरतातर्फ लैजाने प्रयास

Neuro
प्रधानमन्त्रीको राजीनामा माग्नु मुलुकलाई अस्थिरतातर्फ लैजाने प्रयास

काठमाडौं, १७ बैशाख । नागरिक समाजका अगुवाले बदर गरिसकिएका अध्यादेशमा विवाद गर्दै प्रधानमन्त्रीको राजीनामा माग्नु संकटको वर्तमान अवस्थामा अप्रासंगिक विषय भएको बताएका छन् ।

Padelux insider
cura insider

दश जना विज्ञहरुले बुधबार संयुक्त अपिल गरी यस्तो बेला सरकार बदल्नेसम्मको कार्यले राजनीतिक स्थिरता मात्र नबिथोलिई संसद्मा उपस्थित राजनीतिक दलको प्राथमिकता केवल सत्ताको जोडघटाउ मात्र रहेको गलत सन्देश जाने उल्लेख गरेका छन् ।

डा. अर्जुन कार्की, विपीन अधिकारी, कनकमणि दीक्षित, टीका ढकाल, जयप्रकाशप्रसाद गुप्ता, रामेश्वर खनाल, डा. रेणु अधिकारी, रेम विश्वकर्मा, सूर्यराज आचार्य र सुशील प्याकुरेलले संविधानको भावना र व्यवस्थालाई लत्याउने गरी सत्तारुढ दलभित्र सरकार फेर्ने चलखेल भएको भन्दै रोष प्रकट गरे ।

आमनागरिक काम, दाम र मामसमेत त्यागेर कोभिड –१९ महामारीविरुद्ध संघर्षमा सहभागी भएकाले केही सफलता हात लाग्न थालिसकेको जनाउँदै उनीहरुले यसलाई अवरुद्ध गर्ने, नागरिकका अत्यावश्यक प्राथमिकतालाई बेवास्ता गर्ने तथा विश्वमा राष्ट्रको सम्मानलाई समेत आघात पार्ने प्रवृत्ति देखापर्न थालेको भन्दै चिन्ता जनाएका छन् ।

सत्तारुढ दल आग्रहपूर्ण, संवेगात्मक र प्रतिक्रियात्मक सोचबाट नभई मुलुकको दीर्घकालीन हित र लोकतान्त्रिक मूल्यमान्यताको पक्षपोषण हुने जिम्मेवारीबोधबाट निर्देशित हुनुपर्ने सुझाव उनीहरुको छ ।

jackson ribon