birat ribon

ब्राजिलमा मृत्यु हुनेको संख्या चीनको भन्दा धेरै

Neuro
ब्राजिलमा मृत्यु हुनेको संख्या चीनको भन्दा धेरै

कोरोना भाइरस महामारीबाट ग्रसित दक्षिण अमेरिकी देश ब्राजिलमा कोरोना भाइरसको संक्रमणको कारण ५ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

Padelux insider
cura insider

स्वास्थ्य मन्त्रालयले मृतकको संख्या घोषणा गरेसंगै यो संख्या चीनको भन्दा धेरै रहेको बताएका छन् ।

मंगलबारको तथ्यांकका अनुसार २४ घण्टामा ५ सय २० मृत्यु भएसंगै संक्रमितको संख्यामा ६ हजार २ सय ९८ले वृद्धि भएको छ ।

त्यस्तै, वुधबारको हालसम्मको तथ्यांकले २० जनाको मृत्यु संगै ३ सय ३६ जनामा नयाँ संरमण फेला परेको छ । यो संगै ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित भएको संख्या ७३ हजार २ सय ३५ पुगेको छ भने मृतकको संख्या ५ हजार ८३ पुगेको छ ।

ब्राजिलमा मृतकको संख्या चीनमा भन्दा धेरै रहेको छ ।

चीनबाट पहिलो पटक विश्वभरि फैलिएको भाइरसले चीनमा ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको रेकर्ड गरिएको छ ।

मृत्युको कारण अनुसन्धान भइरहेको हुदा मन्त्रालयले ब्राजिलको मृत्युको संख्या आधिकारिक तथ्यांक भन्दा बढी हुन सक्ने बताएका छन् ।

धेरै संख्यामा पत्ता नलागेका केसहरूको कारण विज्ञहरूले कोरोना भाइरसको समग्र संख्या १२ देखि १५ गुणा बढी हुन सक्ने विश्वास राखछन् ।

संक्रमितको संख्याको सुचिमा ब्राजिल चीन भन्दा एक तह मात्र तल रहेको छ ।

करिब १० हजार संक्रमितको कम संख्याका साथ ब्राजिल ११ नम्बरमा छ भने चीन अहिले दसौं नम्बरमा छ । यदि संक्रमितको संख्या यहि क्रममा बढिरहे ब्राजिलले चीनलाई छिट्टै उछिन्ने देखिन्छ ।

jackson ribon