काठमाडौं, १७ बैशाख । वारपारको लडाईमा रहेका गुटहरुको मोर्चाबन्दीका बीच सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय बैठक बसिरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा सबै सचिवालय सदस्य सहभागी भएका छन् ।
पार्टी स्थायी कमिटीको बैठकका लागि दबाव दिँदै आएको प्रधानमन्त्री ओली इतरका पक्षले आजको सचिवालय बैठकमा स्थायी कमिटीको बैठकको मिति तय गर्न दबाब दिने छन् ।
तर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली स्थायी कमिटीको बैठक बोलाउने पक्षमा छैनन् ।
ओलीलाई जसरी भएपनि प्रधानमन्त्रीबाट हटाउने दाउमा रहेका अर्का अध्यक्ष प्रचण्ड, बरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपालको जोडबलमा स्थायी कमिटीको बैठक आव्हान गर्न दबाब ओली माथि छ ।