birat ribon

बजेट अधिवेशन बोलाउने तयारी

Neuro
बजेट अधिवेशन बोलाउने तयारी

काठमाडौं, १७ बैशाख। सरकारले संघीय संसदको बजेट अधिवेशन सुरु गर्ने तयारी थालेको छ ।

Padelux insider
cura insider

बजेट अधिवेशन बोलाउने तयारीका लागि बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली संघीय संसद भवनमा रहेको बैठक कक्षको अवलोकन गरे ।

कोभिड–१९को संक्रमणको जोखिम रहेको र यो अवस्थामा बैठक आह्वान गर्न सम्भव भए नभएको तथा कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी लिनका लागि प्रधानमन्त्री ओली संसद पुगेका हुन् ।

प्रधानमन्त्री ओलीले बैठक कक्षको अवलोकन गरेका संघीय संसद सचिवालयका सहप्रवक्ता दशरथ धमलाले बताए ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षसँगको परामर्शपछि स्थलगत अवलोकन गरेका हुन् ।

बजेट अधिवेशन आह्वान गर्ने तयारी सरकारले गरेपछि सचिवालयले पनि कोभिड–१९को रोकथामका लागि अपनाउनुपर्ने व्यवस्थाको तयारीलाई तिब्रता दिएको छ ।

कोभिड–१९को जोखिमका बिच सामाजिक दुरी कायम गर्दै स्वास्थ्यको दृष्टिले अपनाउने विषयमा ध्यान दिइएको छ ।

त्यसका लागि सदस्यहरुको बसाइ एउटा सिट अल्टरनेट गर्ने, संयुक्त बैठकका लागि थप सिटहरु थप्ने लगायतको काम भइरहेको धमलाले बताए ।

त्यस्तै संसद भवनमा प्रवेश गर्दा डिसइन्फेक्सन गेट राख्ने, ज्वरो नाप्ने व्यवस्था गरिने तथा स्यानिटाइजरको प्रयोग गर्ने तयारी भइरहेको छ । बैठक कक्षभित्र पनि स्वास्थ्यको दृष्टिकोणले सावधानी अपनाइने उनले बताए ।

१५ जेठमा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था अनुसार तयारी थालिएको हो । बजेट अघि नीति तथा कार्यक्रम, प्रि बजेट लगायतका विषयमा समेत संसदमा छलफल हुनुपर्छ ।

त्यसैले लामो समयको लकडाउनका कारण समय कम भएकाले छिटो भन्दा छिटो अधिवेशन आह्वान गर्ने तयारीमा सरकार छ ।

सम्भवतः जेठको पहिलो साता अधिवेशन सुरु गर्ने तयारी सरकारले गरिरहेको छ ।

बजेट अधिवेशनको सुरु र अन्त्य सरकारको सिफारिसमा राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था रहेकोछ ।

jackson ribon