सोल, १७ बैशाख । दक्षिण कोरियाको गेओन्गी प्रान्तमा निर्माणाधिन क्षेत्रमा रहेको गोदाममा आगलागी हुँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ ।
स्थानीय समयानुसार मङ्गलबार राति साढे १ बजे आगालागी भएको हो ।
राजधानी सोलबाट करिब ८० किलोमिटर दक्षिणमा रहेको सो गोदामको बेसमेन्ट फ्लोरबाट आगलागी भएको थियो ।
आगलागी हुँदा कम्पनीका ८० जना कामदार भवनभित्र थिए । यस आगलागीमा परी २५ जनाको मृत्यु भएको पुष्टि गरिएको छ ।
अन्य सात जना घाइते भएका छन् । अझै पनि कैयौ श्रमिक बेपत्ता रहेकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ ।
योन्हाप समाचार समितिले अग्नि नियन्त्रण विभागका अधिकारीहरुलाई उद्धृत गर्दै निर्माणको क्रममा युरेथनको प्रयोगको क्रममा एउटा अप्रत्याशित विस्फोट भई सो आगलागी भएको जानकारी दिएको छ ।