birat ribon

लकडाउनले तरकारी बारीमै कुहियो

Neuro
लकडाउनले तरकारी बारीमै कुहियो

भोजपुर, १७ बैशाख । सरकारले लकडाउन लागू गरेपछि यसको मारमा किसान परेका छन् ।

Padelux insider
cura insider

कोरोना संक्रमण हुन नदिन लागू गरिएको लकडाउनमा किसानले उत्पादन गरेको तरकारी बारीमै कुहिन थालेको छ ।

भोजपुरमा लकडाउनका कारण उत्पादित तरकारी बारीमै कुहिन थालेपछि किसान चिन्तित छन् ।

सवारी साधन र हाटबजार बन्द भएपछि व्यवसायीक तरकारी खेती खेती गर्दै आएकाहरुले तरकारी बेच्न सकिरहेका छैनन् । तरकारको खेती गर्दै आएका किसानले उत्पादनलाई बजारसम्म पुर्याउन नसक्दा परिवार पाल्न समेत धौ धौ हुन थालेको छ ।

सदरमुकाम भोजपुरमा लाग्ने हटियामा सागसब्जी, तरकारी बेचेर गुजारा गर्दै आएका भोजपुर नगरपालिका ५ बोखिमकी पशुपति राईले तरकारी बेच्न नपाउँदा बारीमै कुहिन थालेको बताइन् । मेहनतका साथ उत्पादन गरेको तरकारी बेच्न नपाउँदा घर चलाउन समस्या भएको उनले बताइन् ।

यतिबेला भोजपुरका कृषकको बारीमा रहेको काउली, बन्दा, आलु, साग, टमाटर कुहिन थालेका छन् । तरकारी खेतीबाटै गुजारा गर्दै आएका कृषकहरु तरकारी बारीमा कुहिएर जाँदा मारमा परेका छन् ।

उत्पादन धेरै भए पनि लकडाउनका कारण बिक्री नहुदाँ किसानहरुमा मारमा परेको कृषि ज्ञान केन्द्र भोजपुर प्रमुख योगेन्द्र प्रसाद यादवले जानकारी दिए ।

jackson ribon