birat ribon

बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्न कांग्रेसको माग

Neuro
बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्न कांग्रेसको माग

काठमाडौं, १७ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्न माग गरेको छ ।

Padelux insider
cura insider

केन्द्रीय कार्यसमिति बैठकबाट आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्रमा बजेट केन्द्रीत गर्न कांग्रेसले माग गरेको हो ।

देश कोरोना भाइरससँग लडिरहेको बेला कोरोना सचेतना, कोरोनासँग लड्न आवश्यक सामग्री, नागरिकको उपचार र राहतलाई केन्द्रमा राखी बजेट विनियोजन गर्न कांग्रेसले केन्द्रीय कार्यसमितिको माग रहेको छ ।

संवैधानिक व्यवस्था अनुसार १५ जेठसम्ममा बजेट ल्याइसक्नुपर्ने भएकाले तत्काल संसद सुचारु गर्न पनि कांग्रेसले माग गरेको छ ।

कोरोनालाई परास्त गर्न आवश्यक पर्ने रणनीति तय गर्न, सरकारका कमजोरी केलाएर सुधारका लागि सहयोग प्रदान गर्न, सरकारले ल्याएका अध्यादेशभित्रको नियतका विषयमा विश्लेषण गर्न गर्न पनि संसद सुरु हुनुपर्ने कांग्रेसले सुझाव दिएको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना नियन्त्रणका लागि सरकारले आवश्यक तयारी गर्न नसकेको निष्कर्ष निकालेको बताए ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा लक डाउनको समिक्षासमेत गरिएको छ ।

लक डाउनको उपयोग गरी सरकारले कोरोना नियन्त्रणका लागि आवश्यक तयारी गर्न सरकार नसकेको निष्कर्ष बैठकले निकालेको छ । लक डाउनमा अफ्ठ्यारोमा परेका नागरिकहरुलाई राहत उपलब्ध गराउने काम प्रभावकारी नभएको कांग्रेसको ठहर छ । यस्तै स्वास्थ्यकर्मीहरुलाई पिपिई अगायतका अत्यावश्यक सामग्री अभाव भएको कांग्रेसले जनाएको छ ।

पिपिई व्यवस्थापन लगायतका सामग्रीको व्यवस्थापन, राहत वितरणमा सरकारको अयोग्यता तथा भ्रष्टाचार, अनियमितता र विभिन्न अपराधका घटनामा सरकारको संलग्नताका विषयमा बैठकमा छलफल भएको प्रवक्ता शर्माले बताए ।

वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा अफ्ठ्यारोमा परेको नागरिकहरुको उद्दार गर्नुपर्ने, पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने र राहतको वृहत प्याकेज ल्याउन कांग्रेसले सरकारसँग अपिल गरेको छ ।

यसअघि स्वस्थ्यकर्मी तथा अर्थविदहरुसँगको छलफलका क्रममा उठेका विषयवस्तुमा पनि केन्द्रीय कार्यसमिति बैठकमा छलफल गरिएको छ ।

jackson ribon