काठमाण्डौ , १७ बैसाख । राष्ट्रिय मानव अधिकार आयोगले कोरोना संक्रमण रोकथाम र लकडाउनको अवस्था अनुगमन गर्न देशका ७७ वटै जिल्लामा समिति निर्माण गरेको छ ।
आयोगले आफनो नेतृत्वमा केन्द्रिय , त्यसपछि क्षेत्रिय र बाँकी सक्षम व्यक्त्तिको नेतृत्वमा देशका ७७ बटै जिल्लामा अनुगमन समिति निर्माण गरेको हो ।
राष्ट्रिय मानव अधिकार आयोग , नेपाल पत्रकार महासंघ , नेपाल बारएसोसिएन र गैरसरकारी सँस्था महासंघका प्रतिनिधिहरु सबै तहगत समितिमा सहभागी छन ।
आयोगका सचिव बेदप्रसाद भट्टराईका अनुसार केन्द्रमा आयोगको नेतृत्वमा चार संस्था सम्मिलित उच्चस्तरिय समिति निर्माण भएको छ ।
त्यसपछि प्रदेश स्तरमा र जिल्ला स्तरमा समितिहरु निर्माण भएका छन ।
समितिहरुले आफनो क्षेत्रभित्र कोरोना भाइरसं संक्रमण रोकथाम , उपचार , नियन्त्रण र लकडाउनमा भैरहेको मानव अधिकारको अवस्था अनुगमन गरेर आयोगलाई प्रतिबेदन बुझाउनेछन ।
जसमा सरकारले गरिरहेका कार्यहरु , स्वास्थ्य, उपभोक्त्ता , प्रेस तथा अभिव्यक्त्ति स्वतन्त्रता लगायतका बिषय पर्नेछन ।
आयोगले सोही प्रतिबेदनलाई बिश्लेषण गरेर आफनो धारणा सार्वजनिक गर्ने आयोगका सचिव भट्टराईले जानकारी गराएका छन ।