birat ribon

भरिए पाँचथरका क्वारेन्टाइन, खाने र बस्ने प्रबन्ध गर्न कठिनाइ

Neuro
भरिए पाँचथरका क्वारेन्टाइन, खाने र बस्ने प्रबन्ध गर्न कठिनाइ

Padelux insider
cura insider

पाँचथर, १७ बैशाख । विदेशबाट आएर गाउँघरमा लुकेर बसेका तथा काठमाडौँबाट गाउँ फर्काइएकालाई राखिएपछि पाँचथरका क्वारेन्टाइन खचाखच भरिएका छन् ।

चैत लागेयता पाँचथरका १ सय २९ जना विदेशबाट फर्केका थिए । तीमध्ये झण्डै एक तिहाइ मानिस क्वारेन्टाइनमा नबसी गाउँघरमै लुकेर बसेका थिए ।

पहिलो चरणमा विदेशबाट फर्केका तथा उनीहरुको सम्पर्कमा पुगेका १ सय ४ जनालाई क्वारेन्टाइनमा दुई साता राखेर र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) परीक्षणपछि घर फर्काइएको थियो ।

पछिल्लो पटक प्रशासनले विदेशबाट फर्केर लुकीछिपी बसेकाको सम्पर्कमा पुगेका, अन्य जिल्लाबाट आएका तथा काठमाडौँबाट ल्याइएकालाई क्वारेन्टाइनमा राखेको छ ।

हाल यहाँका क्वारेन्टाइनमा ५ सय २५ जना रहेका छन् । क्वारेन्टाइनमा नौजना बालबालिकासमेत रहेका छन् ।

फाल्गुनन्द गाउँपालिका–३ स्थित जलसिंह माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा फाल्गुनन्द र फिदिम नगरपालिकाका १ सय २३ जनालाई राखिएको छ ।

चिसो ठाउँ भएका कारण क्वारेन्टाइनमा बस्नेलाई न्यानो कपडासमेत उपलब्ध गराउन नसकिएको फाल्गुनन्द गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल तित्रखीले बताए ।

उनीहरुलाई खाने र बस्नेको उचित प्रबन्ध गर्न कठिनाइ परेको तिखत्रीले बताउनुभयो ।

जिल्ला बाहिर रहेका मानिस जिल्ला भित्रिने क्रम निरन्तर रहे सङ्क्रमणको जोखिम बढ्ने भएकाले यथास्थानमा राख्न आग्रह गरिँदै आएको प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले बताए ।

विगतमा छिमेकी जिल्ला झापाबाट आएकाहरुलाई समेत क्वारेन्टाइनमा राखिएको थियो । तर अहिले काठमाडौँबाट आउनेलाई समेत क्वारेन्टाइनमा राख्न नसक्ने स्थिति आउनु चिन्ताको विषय भएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

गाउँ सुरक्षित छ भन्ने भ्रममा अन्य जिल्ला तथा ठूला शहरमा लामो समय रहन सक्ने सक्षम आर्थिक अवस्थाका मानिससमेत गाउँ फर्कन थालेपछि स्थानीय तहलाई समस्या भएको हो ।

क्वारेन्टाइनमा राखिएका व्यक्तिको बुधबारदेखि शीघ्र डाइग्नोष्टिक परीक्षण गर्न थालिएकोछ ।

जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटाका अनुसार परीक्षणका लागि पाँचथरलाई मङ्गलबार मात्रै ९०० थान किट प्राप्त भएका छन् ।

jackson ribon