birat ribon

केन्द्रले राजस्व बाँडफाँटको सिलिङ घटायो, आगामी वर्ष प्रदेशकाे बजेटकाे आकार घट्छ

Neuro
केन्द्रले राजस्व बाँडफाँटको सिलिङ घटायो, आगामी वर्ष प्रदेशकाे बजेटकाे आकार घट्छ

विराटनगर, १७ बैशाख । १ नम्बर प्रदेश सरकारले आगामी वर्ष ल्याउने बजेट चालु आर्थिक वर्षको भन्दा सानो आकारको हुने आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बताएका छन ।

Padelux insider
cura insider

कोरोना महामारीका कारण अर्थतन्त्रमा ठूलो प्रभाव पारेपछि आगामी वर्षको बजेटको आकार सानो हुने मन्त्री आङबोले बताएका हुन ।

१५ जेठमा संघिय सरकार र १ असारमा प्रदेश सरकारले बजेट ल्याउने संवैधानिक प्रावधान छ ।

आगामी वर्षका लागि संघिय सरकारले राजस्व बाडफाडकाे शिलिङ चालु वर्ष भन्दा १० प्रतिशत कटौंती गरेर पठाएको छ ।समपुरक अनुदान र ससर्त अनुदानको शीर्षक पनि घटेर आउने सम्भावना छ ।

‘राजस्व बाडफाडको शिलिङ घटेर आएको छ ।’ मन्त्री आङ्बाेले भने ‘ बजेटको तयारी भइरहेको छ । तर आकार चालु वर्षको भन्दा कम हुन्छ ।’

कृषि उत्पादन प्राथमिकता

आगामी वर्षको बजेटमा कृषि तथा उत्पादन मुलक क्षेत्रलाई प्राथमिकतामा राखेर गृहकार्य थालनी भएको उनले बताए ।

कोरोना महामारीका त्रासका कारण बैदेशिक रोजगारी र आन्तरिक रोजगारी पनि गुम्ने खतरा भएका कारण स्वराेजगार बनाउनका लागि सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेटकाे तयार गरेकाे मन्त्री आङ्बाेकाे भनाइ छ ।

आगामी वर्षमा अनुत्पादक क्षेत्रको बजेट पनि कटौंती गर्ने र महत्वपूर्ण आयोजना, कृषि शिक्षा र स्वास्थ्यलाई पनि प्राथमिकतामा राखिने उनले बताए ।

६० प्रतिशत खर्च गर्ने लक्ष्य

आर्थिक मामिला मन्त्री आङ्बोले चालु आर्थिक वर्षमा ६० प्रतिशत बजेट खर्च हुने बताएका छन ।

कोरोना महामारी अघि सरकारले खर्च प्रगती राम्रो गरेको बताउँदै उनले आर्थिक वर्षको अन्त्यसम्म ६० प्रतिशत गर्न हुने अपेक्षा गरिएको बताए ।

चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ४२ अर्ब २० करोड, ४ लाख बराबरको बजेट तयार गरेको थियो । जसमा चालु तर्फ १८ अर्ब ५४ करोड र पूजिगत तर्फ २३ अर्ब ५७ करोड बजेट विनियोजन गरेको थियो ।

jackson ribon