birat ribon

भिटामिन सीको फाइदाहरू सबैलाई थाहा छ, यसले गर्ने हानीहरू जान्नुहोस्

Neuro
भिटामिन सीको फाइदाहरू सबैलाई थाहा छ, यसले गर्ने हानीहरू जान्नुहोस्

विराटनगर, १७ वैशाख । भिटामिन शरीरको लागि धेरै महत्त्वपूर्ण हुन्छन् । भिटामिनहरूमा पाइने एन्टिआक्सीडन्टहरूका समेत धेरै फाइदाहरू छन् ।

Padelux insider
cura insider

भिटामिन सी हाम्रो शरीर, छाला र कपालको लागि धेरै फाइदाजनक हुन्छ ।

भिटामिन सीका फाइदाहरूबारे अधिकांश मानिसहरूलाई राम्ररी थाहा छ । तर, हरेक कुराको फाइदा भएसँगै बेफाइदा पनि हुन्छ । भिटामिन सीका पनि केही बेफाइदाहरू छन् ।

मानिसहरूले जहिले पनि भिटामिन सीका फाइदाहरूको बारेमा सुनेर यसको सेवन गरिरहेका छन्, तर, भिटामिन सीको अत्यधिक सेवनले शरीरमा हानि पुर्‍याउन सक्छ ।

भनाइ नै छ केही कुरा पनि अधिक मात्रामा लियो भने त्यसले अत्यधिक क्षति गर्दछ । हामीले दैनिक खाने खानामा पनि यही कुरा लागू हुन्छ । त्यसैले सहि मात्रामा भिटामिन सीको सेवनले फाइदा पुर्‍याउँछ भने अत्यधिक मात्राले शरीरलाई हानी गर्छ ।

एक ब्यस्यकले दैनिक ६५ देखि ९० मिलिग्रामसम्म भिटामिन सीको सेवन गर्नुपर्छ ।

अनि यसको उच्च मात्रा भनेको दैनिक २ हजार मिलिग्राम हो । भिटामिन सीको अत्यधिक सेवनले वाकवाक आउने, बान्ता हुने, झाडा पखाला लाग्ने, टाउको दुख्ने, पेट दुख्ने, ग्यास्ट्रिक हुने, निन्द्रा नलाग्ने समस्या हुन सक्छ ।

यदि भिटामिन सी अधिक लिइन्छ भने शरीरमा आइरनको मात्रा उच्च हुन्छ, जसले शरीरमा थुप्रै रोगहरूको जोखिम बढाउँदछ ।

भिटामिन सी को अधिक सेवनले पेटमा विभिन्न समस्या आउनुका साथै मृगौला बिग्रने र पथरी हुने जोखिम बढ्छ ।

jackson ribon