birat ribon

स्पेनिस क्लबहरू आगामी सोमबारबाट प्रशिक्षणमा फर्किन सक्ने

Neuro
स्पेनिस क्लबहरू आगामी सोमबारबाट प्रशिक्षणमा फर्किन सक्ने

एजेन्सी, १७ वैशाख । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी सोमबारबाट प्रशिक्षण गर्नसक्ने घोषणा गरेका छन् ।

Padelux insider
cura insider

बुधबार प्रधानमन्त्री सान्चेजले स्पेनिस क्लबले ४ मेबाट ट्रेनिङमा फर्किनसक्ने घोषणा गरेको ‘मार्का’ले जनाएको छ ।

खबरका अनुसार सान्चेजले चाँडै लिग सुचारु गर्न पनि अनुमति दिएका छन् ।

‘व्यवसायिक क्लबहरूले ४ मेबाट प्रशिक्षण सुरु गर्न सक्नेछन् । सतर्कता अपनाएर उनीहरूले अभ्यास गर्न सक्नेछन्’, उनले भने ।

कोरोनाको दोस्रो बढी प्रभावित राष्ट्र स्पेनले अर्को दुई महिनाभित्र प्रतिबन्धहरू बिस्तारै खुुकुलो बनाउने जनाएको छ ।

स्पेनमा कोरोनाका कारण १ लाख २३ हजारभन्दा बढीको ज्यान गइसकेको छ भने २ लाख ३२ हजारभन्दा बढी संक्रमित रहेका छन् ।

jackson ribon