birat ribon

हात धुने चलन रहेका देशमा कोरोना संक्रमणको दर बुझ्न सजिलो

Neuro
हात धुने चलन रहेका देशमा कोरोना संक्रमणको दर बुझ्न सजिलो

एजेन्सी, १७ वैशाख । संसारमा लाखौँ मानिसहरू हात धुँदैनन् । कोभिड-१९ विरुद्ध लड्न सफा रहने यो सामान्य बानी पनि उनीहरूले अपनाउन सकिरहेका छैनन् ।

Padelux insider
cura insider

केही मानिसहरूले हात धुने कुराविरुद्ध खुला रूपमै आफ्नो धारणा राखिरहेको देख्न सकिन्छ ।

लन्डन स्कूल अफ हाईजीन एन्ड ट्रपिकल मेडिसिनस्थित जनस्वास्थ्यविज्ञ रोबर्ट अङ्गरले हात धुनु सामान्य बेहोराजस्तै सुनिएपनि हात धुने मानिसहरूको संख्या अझै एकदम कम भएको बताउँछन् ।

निश्चित रूपमा अतिविपन्न देशमा पर्याप्त सुविधा र साबुनको अभावका कारण पनि मानिसहरू हात धुन सक्दैनन् ।

कम विकसित देशहरूमा २७ प्रतिशत जनताको मात्रै यी सुविधामा पहुँच छ ।

विश्व स्वास्थ्य सङ्गठन र यूनिसेफकोले विश्वभरि झन्डै तीन अर्ब मानिसहरूको यस्ता सुविधा घरमा पहुँच नभएको अनुमान लगाएका छन् ।

उच्च आय भएका कतिपय देशमा शौचालय गएर आएपछि ५० प्रतिशतले मात्रै हात धुने गरेको पाइन्छ ।

सन् १८५० तिर हात धुने बानी लोकप्रिय भएपछि विश्वव्यापी औसत आयु बढ्नुमा यसको ठूलो योगदान रहेको छ ।

सन् २००६ को एउटा समीक्षाले नियमित रूपमा हात धुँदा श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण हुने जोखिम ६ देखि ४४ प्रतिशतले कम हुन सक्ने देखाएको थियो ।

कोभिड-१९ को विश्वव्यापी महामारीयता वैज्ञानिकहरूले हात धुने चलन रहेका देशमा कोरोना भाइरस सङ्क्रमणको दर बुझ्न सजिलो भएको पत्ता लगाएका छन् ।

खासगरी विकसित देशहरूमा बेवास्ता गर्दा वा आफू संक्रमित नहुने कुरामा आशावादी हुँदा हात धुने कुरामा समस्या देख्नुको मुख्य कारण रहेको देखिन्छ ।

jackson ribon