birat ribon

प्रधानमन्त्री ओलीले कहिले अरुको त कहिले आफ्नै घर भाँड्ने काम गरे : मिश्र

Neuro
प्रधानमन्त्री ओलीले कहिले अरुको त कहिले आफ्नै घर भाँड्ने काम गरे : मिश्र

काठमाडौं, १७ वैशाख । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओलीले कहिले अरुको त कहिले आफ्नो घर भाँड्न समय खर्च गरिरहेको आरोप लगाएका छन् ।

Padelux insider
cura insider

बुधबार सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै मिश्रले यस्तो आरोप लगाएका हुन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘अरु देशका प्रधानमन्त्री हरेक मिनेट कोरोनाबाट जनतालाई कसरी बचाउने भनेर लागिरहेछन् । मेरो देशका प्रधानमन्त्री कहिले अरूको घर कसरी भाँड्ने, कहिले आफ्नै घरमा आगो लगाई अरूलाई सिध्याएर आफूचाहिँ कसरी बाँच्ने भनेर ‘दुई–तिहाई’ समय खर्च गरिरहेका छन् । रिठ्ठाको बोट रोपेर कहाँ फल्छ र कागति !’

jackson ribon