birat ribon

अहिले र्‍यापिड टेस्ट गर्नुको कुनै अर्थ छैन

Neuro
अहिले र्‍यापिड टेस्ट गर्नुको कुनै अर्थ छैन

विराटनगर, १७ वैशाख । कोरोना संक्रमणको लागि नेपालमा गरिएको आरडिटि अर्थात र्‍यापिड टेस्ट रोग निदानको लागि नभएर सर्भे, अनुसन्धान वा प्रकोप नियन्त्रणपछि गर्ने परीक्षण विधि हो ।

Padelux insider
cura insider

यो टेस्टले शरीरमा भाइरस छ कि छैन भनेर देखाउँदैन ।

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले नेपालमा अहिले आरडिटि गर्नुको कुनै अर्थ नभएको बताउँछन् ।

आरडिटिका बारेमा डाक्टर पाण्डे यसरी ब्याख्या गर्छन –

आरडिटि जाँच गरेको व्यक्तिमा रोगसँग लड्ने एन्टीबोडी मात्र देखाउने हो । रोगको प्रकोप सुरु भएको नेपालजस्तो देशको लागि यो परीक्षण गर्नु भनेको हजार वा लाख नागरिकको जाँच गरेका छौं भन्नको लागि मात्र हो ।

संक्रमण भएको ७ वा ८ दिनदेखि महिनासम्म यसमा एन्टीबडी देखिन सक्छ । रोग सुरु भएको वा तत्कालै रोग सरेको यो टेस्टबाट थाहा हुँदैन ।

३० देखि ४० प्रतिशतभन्दा धेरै गलत रिपोर्ट आउने यी टेस्टका किटहरू गुणस्तरहीन छन् । त्यसमा पनि संक्रमण सुरु भएको अवस्थामा यो जाँचको कुनै अर्थ छैन ।उदाहरणको लागि धेरै व्यक्तिहरूमा आरडिटि टेस्टले नेगेटिभ रिजल्ट दिएको थियो ।

यदि उनीहरूलाई पिसिआर टेस्ट नगरेको भए उनीहरूले सयौं / हजारौं जनालाई यो रोग फैलाउन सक्दथे । सरकारले धेरै जिल्लामा दशौ हजारलाई गरिरहेको परीक्षणमा रिपोर्ट नेगेटिभ आइरहेको छ ।

यदि आरडिटि टेस्ट पोजिटिभ आएमा पिसिआर टेस्ट गरिएको छ । जुन राम्रो पक्ष हो । तर, आरडिटिमा नेगेटिभ देखिएको व्यक्ति ढुक्क भएर सबैसँग भेटघाट गर्छ जसकारण धेरै जनालाई रोग सार्न सक्छ ।

जुन निकै संवेदनशील विषय हो । पिसिआर टेस्टमा सिधै भाइरसको जिन देखिने भएकोले यो विधिलाई विश्वासिलो मानिन्छ ।

यसमा संक्रमण भएको सुरुको अवस्थादेखि रोग निको भएको केही दिनपछिसम्म पोजिटिभ देखाउने गर्छ ।

नयाँ रोग फैलिएको बेलामा पिसिआर टेस्ट नै गर्नुपर्छ । घाँटी वा नाकको स्वाब संकलन, त्यसको सुरक्षा, परिवहन र परीक्षण राम्रोसँग गर्‍यो भने पिसिआर टेस्टबाट ७० प्रतिशत सही रिपोर्ट आउँछ ।

नेगेटिभ देखिएका व्यक्तिलाई दोहोर्‍याएर पिसिआर टेस्ट गर्ने हो भने ९० प्रतिशत रिपोर्ट आउँछ । पिसिआरमा पोजिटिभ देखिएपछि त्यो पोजिटिभ नै हुन्छ, नेगेटिभ देखिएकामा मात्र परिक्षण दोहोर्‍याउनुपर्ने हुन्छ ।

अहिले नेपालले आरडिटि किटमा पैसा फाल्नुभन्दा जतिसक्यो पिसिआर मेसिन किन्नुपर्छ र पिसिआर टेस्टको दायरालाई ब्यापक बनाऔं ।

युरोप, अमेरिकाजस्ता देशले त कोरोना संक्रमण थेग्न सकेका छैनन् भने नेपालजस्तो स्रोतसाधन, जनशक्ति, आइसीयु, भेन्टिलेटर आदि न्यून भएको देशले संक्रमण थेग्न सक्दैन ।

तसर्थ भएका आरडिटि किटलाई स्टोरमा राखी अर्को वर्ष संक्रमण निर्मुल भयो वा भएन भनेर सर्भे गर्न काम लाग्छ ।

jackson ribon