birat ribon

इरफान खानका अन्तिम फिल्मसहित उनका युगौंसम्म जीवित रहने चलचित्रहरू

Neuro
इरफान खानका अन्तिम फिल्मसहित उनका युगौंसम्म जीवित रहने चलचित्रहरू

एजेन्सी, १७ वैशाख । ७ जनवरी १९६७ मा इन्डियाको जयपुरमा जन्मिएका बलिउडका चर्चित अभिनेता इरफान अलि खानको २९ अप्रिल बुधबारको दिन निधन भएको छ । ५३ वर्षीय खानको मुम्बईको कोकिला वेन धिरुभाइ अम्बानी अस्पतालमा कोलोन संक्रमणको कारण निधन भएको हो ।

Padelux insider
cura insider

स्वास्थ्यमा समस्या आएपछि मंगलबार नै उनलाई अस्पतालको आइसीयु वार्डमा भर्ना गरिएको थियो । सन् २०१८ मा उनलाई न्यूरो इंडोक्राइन ट्यूमर देखिएको थियो । कैयौं महिनाको उपचारपश्चात सन् २०१९, अप्रिलमा उनि भारत फर्किएका थिए ।

न राम्रो लुक्स, न सिक्स प्याक बडी, न राम्रो नृत्य, न फिल्मी परिवारमा जन्मिए इरफान । तर, उनको ट्यालेन्ट र स्क्रिनमा गरेको प्रस्तुतिका कारण फिल्म उद्योगमा उनको उल्लेखनीय कार्यहरू युगौंसम्म जीवित रहने छन् ।

३० वर्षको फिम्ली करियरमा उनले ५० भन्दा बढी फिल्ममा अभिनय गरेका छन् । सन् १९८८ मा सलाम बम्बे नामक फिल्ममा सानो रोल गर्दै उनले बलिउडमा डेब्यू गरेका थिए ।

इरफानले हैदर र अंग्रेजी मीडियम, द लचबक्स र पिकु जस्ता विविध चलचित्रहरूमा थुप्रै आलोचनात्मक-प्रशंसित प्रदर्शनहरू प्रस्तुत गरेका छन् । सन् २०२०मा रिलिज भएको अंग्रेजी मिडियम इमरानको अन्तिम फिल्म हो जसमा उनले आफ्नो छोरीको हरेक सपना पूरा गर्न लागिपरेको एक बुवाको भूमिका निर्वाह गरेका थिए ।

सन् २०१७मा रिलिज भएको हिन्दी मिडियममा इरफानलाई सँधै मध्यमवर्गीय मानिस भनेर सम्झिनेछ जसले आफ्नी छोरीलाई दिल्लीको सभ्य स्कूलमा भर्ना गराउनको लागि कुनै पनि हद पार गर्न तयार भएका थिए ।

उनले यस फिल्म मार्फत अभिनेता तर्फाको फिल्मफेयर अवार्ड पाएका थिए । इरफानले तलवार(२०१५), पिकु (२०१५), हैदर (२०१४), द लन्च बक्स (२०१३) पान सिंह तोमर (२०१२) , लाइफ इन अ मेट्रो (२००७), मकबूल (२००३), हासिल (२००३ ) जस्ता सफल फिल्महरूमा अभिनय गरेका छन् ।

भारतीय चलचित्रमा आफ्नो भूमिकाका लागि प्रशंसित अभिनेता इरफानले स्लमडग मिलियनेर (२००८), द अमेजिंग स्पाइडर म्यान (२०१२) र लाइफ अफ पाई (२०१२), जुरासिक वर्ल्ड(२०१५), इन्फर्नो (२०१६) जस्ता थुप्रै अन्तर्राष्ट्रिय ब्लकबस्टरहरूमा पनि संलग्न थिए ।

jackson ribon