birat ribon

समस्यामा परेका ५ सय ३८ जनालाई काठमाडौंबाट गृहजिल्ला झापा ल्याइयो

Neuro
समस्यामा परेका ५ सय ३८ जनालाई काठमाडौंबाट गृहजिल्ला झापा ल्याइयो

झापा, १७ वैशाख । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेपछि काठमाडौँमा रहेका ५ सय ३८ जनालाई झापा ल्याइएको छ ।

लकडाउन लम्बिएसँगै समस्यामा परेका उनीहरुलाई काठमाडौँबाट झापा ल्याइएको हो ।

cura insider

झापा क्षेत्र नं ४ का सांसद एलपी साँवाले दुई चरणमा ५०० जना र मेची अभियान झापाले ३८ जना विद्यार्थीलाई झापा ल्याएको छ ।

सांसद साँवाले झापाबाट काठमाडौँ अध्ययन, रोजगारी, मजदूरी, विभिन्न पेशा व्यवसायका लागि गएकाहरुलाई ल्याइएको बताए ।

उनले भने, ‘लकडानका कारण समस्यामा परेको गुनासो आएपछि दुई चरणमा १७ वटा गाडी पठाएर ल्यायौँ । केहीले आफ्नो भाडा आफैँ तिरे भने भाडा तिर्ने अवस्था नभएकाहरुलाई निःशुल्क ल्याइयो ।’

त्यसरी ल्याइएकाहरू झापाका १५ वटै स्थानीय तहका नागरिक हुन् ।

त्यस्तै, झापाको मेची अभियानले काठमाडौँबाट ३८ जना विद्यार्थीलाई झापा ल्याएको छ ।

ती सबै विद्यार्थी मेचीनगर नगरपालिकाका हुन् । काँकडभिट्टाबाट गाडी पठाएर उनीहरूलाई निःशुल्क घर आउने व्यवस्था मिलाइएको मेची अभियानका संयोजक विजय डालमियाले बताए ।

काठमाडौँको विभिन्न कलेजमा अध्ययनरत् उनीहरु लकडाउन लम्बिएसँगै समस्यामा परेका थिए ।

समस्यामा परेका ५ सय ३८ जनालाई काठमाडौंबाट गृहजिल्ला झापा ल्याइयो नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रहरी र गृहमन्त्री रामबहादुर थापासँग समन्वय गरेपछि उनीहरुलाई झापा ल्याइएको संयोजक डालमियाको भनाइ छ । रासस

jackson ribon