birat ribon

‘मार्टिनेजले बार्सिलोनामा बेन्चमै सीमित हुनुपर्छ’

Neuro
‘मार्टिनेजले बार्सिलोनामा बेन्चमै सीमित हुनुपर्छ’

एजेन्सी, १७ वैशाख । इटालियन पूर्वस्टार फाबियो क्यापेलोले बार्सिलोना जाने चर्चामा रहेका लाउटारो मार्टिनेज इन्टर मिलानमै रहने बताएका छन् ।

Padelux insider
cura insider

रियल मड्रिड, युभेन्टस र एसी मिलान जस्ता क्लबको नेतृत्त्व सम्हालीसकेका क्यापेलोले ‘ला गजेट्टा डेल्लो स्पोर्ट्स’सँगको कुराकानीमा यस्तो बताएका हुन् ।

अर्जेन्टिनी स्टार मार्टिनेज स्पेनिस क्लब बार्सिलोनासँग जोडिएका छन् ।

उता, बार्सिलोनाले पनि आफ्ना कप्तान लियोनल मेस्सीको आग्रहमा उनलाई भित्र्याउन चाहेको बताइन्छ ।

यस्तैमा क्यापेलोले मार्टिनेज इन्टरमै रहनेमा आफू विश्वस्त भएको बताए ।

‘यदि, म हुन्थेँ भने म इन्टरमै रहने थिएँ । इन्टर छोडेर बार्सिलोना जाँदा उनी बेन्चमा नै सीमित हुनुपर्छ । तर, जहाँसम्म मलाई लाग्छ उनी इन्टरमा नै रहन्छन्,’ उनले भने ।

jackson ribon