birat ribon

घरपालुवा जनावरलाई पनि सामाजिक दूरी आवश्यक : सिडिसी

Neuro
घरपालुवा जनावरलाई पनि सामाजिक दूरी आवश्यक : सिडिसी

एजेन्सी, १७ वैशाख । रोग नियन्त्रण र रोकथाम केन्द्र (सिडिसी)ले घरपालुवा जनावरहरूलाई उनीहरूको परिवारका सदस्यहरू तथा अन्य चार खुट्टे साथीहरूबाट टाढा राखी कोभिड-१९ महामारीको समयमा सबैले जस्तै सामाजिक दूरी नियमहरू पालना गर्न आवश्यक छ भनेर बताएको छ ।

Padelux insider
cura insider

भाइरस भएको व्यक्तिसँग सम्पर्कमा आएर जनावरहरू संक्रमित भएको खबर पाएपछि जनावरहरूसँग पनि सामाजिक दूरी राख्न आवश्यक भएको बताइएको हो ।

घरपालुवा जनावरहरूलाई मानव परिवारका अन्य सदस्यहरू जस्तै व्यवहार गर्न र घरपालुवा जनावरहरूलाई घरबाहिरका मानिस र पशुहरूसँग अन्तर्क्रिया गर्न नदिन सिडिसीले जनाएको हो ।

यदि घरभित्रका मानिस बिरामी छन् भने घरपालुवा जनावरलगायत सबैलाई अलग राख्नुपर्छ । यस संस्थाले घरपालुवा जनावरहरूलाई ठूलो संख्यामा मानिस र कुकुरहरू भेला हुने पार्क र सार्वजनिक स्थानहरू नजान सल्लाह दिइरहेको छ ।

मानव-देखि जानवरहरू संक्रमणको केही केसहरू रहेपनि सिडीसीले मानवमा भाइरस फैलाउनमा जनावरहरूले महत्त्वपूर्ण भूमिका खेल्ने कुनै प्रमाण नभएको बताउँदै आएको छ ।

jackson ribon