birat ribon

फिल्डमा खटिने प्रहरीलाई सतर्कता सामाग्रीसहित काममा पठाउन डिआइजीको निर्देशन

Neuro
फिल्डमा खटिने प्रहरीलाई   सतर्कता सामाग्रीसहित काममा पठाउन डिआइजीको निर्देशन

विराटनगर, १७ बैशाख । आवश्यक सुरक्षाको उपायहरू अपनाएर प्रहरी जनशक्तिलाई लकडाउन कार्यान्वयनका लागि फिल्डमा खटाउन १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) ईश्वरबाबु कार्कीले जिल्ला प्रहरी प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

प्रदेश प्रहरीको नेतृत्वमा आएका कार्कीले बुधबार मातहतका जिल्ला प्रहरी कार्यालय प्रमुखहरूलाई भिडियो कन्फ्रेन्समार्फत लकडाउनमा खटिने प्रहरी कर्मचारीहरूलाई पर्याप्त सुरक्षाका सामाग्री उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

cura insider

लकडाउनका बारेमा पर्चा, पम्प्लेट बितरण तथा माईकिङ गरी जनचेतना जगाउने कार्यमा लाग्न निर्देशन दिए । लकडाउन लम्बिँदै जाँदा हुनसक्ने घरेलु हिंसा, महिला तथा बालबालिकामाथि हुने हिंसाको सम्बन्धमा सजग र सतर्क रहन पनि निर्देशन दिएका छन् ।

प्रतिकूल अवस्थामा कालो बजारी र कृत्रिम अभाव हुन सक्नेतर्फ विशेष चनाखो पनि निर्दशन दिए ।

सीमावर्ती क्षेत्रहरूबाट हुन सक्ने चोरी पैठारीलाई रोक्न सीमावर्ती क्षेत्रहरुमा विशेष ध्यान दिइ काम गर्न र क्वारेन्टाइन स्थलहरूमा भरपर्दो सुरक्षा ब्यवस्था मिलाउन पनि निर्देशन दिएका छन् ।

jackson ribon