birat ribon

विराटनगरमा टायर पड्किँदा एक जनाको मृत्यु

Neuro
विराटनगरमा टायर पड्किँदा एक जनाको मृत्यु

विराटनगर, १७ वैशाख । गाडीको पुरानो टायर मर्मत गरी हावा हाल्नेक्रममा विराटनगरमा एक जनाको मृत्यु भएको छ ।

विराटनगर – १३ मा पुरानो टायर मर्मत गरी हावा हाल्ने क्रममा टायर बिस्फोट हुँदा २५ वर्षिय भारतीय नागरिक महम्मद हैदरको मृत्यु भएको हो ।

cura insider

भारतकाे समस्तीपुर घर भएका हैदरले विराटनगरमा टायर मर्मत सेन्टर सञ्चालन गरिरहेका छन् ।

बुधबार दिउँसो पुरानो टायर मर्मत गरी हावा हाल्नेक्रममा टायरको बीच भागमा रहेकाे फलाम(डिस) उछुट्टिएर टाउकोमा लागेको थियो ।

डिसले टाउकोमा लागेका हैदरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए ।

jackson ribon