birat ribon

मुम्बई पुलिसलाई अक्षयको दुई करोड सहयोग

Neuro
मुम्बई पुलिसलाई अक्षयको दुई करोड सहयोग

विराटनगर, १७ वैशाख । बलिउड अभिनेता अक्षय कुमारले देश कोरोना भाइरसको महामारीसँग जुधिरहेको बेलामा मुम्बई पुलिसलाई दुई करोड भारतीय रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

Padelux insider
cura insider

मुम्बई पुलिसले ट्वीट गरेर अक्षयले मुम्बई पुलिस फाउण्डेसनका लागि २ करोड रुपैयाँ सहयोग गरेको जानकारी दिएको हो ।

मुम्बईका पुलिस आयुक्त परम बीर सिंहले आधिकारिक ट्वीटर ह्यान्डलमा अक्षयलाई यस योगदानको लागि मुम्बई पुलिसले धन्यवाद दिएको उल्लेख गरिएको छ ।

उक्त पोस्टमा अक्षयको योगदानले शहरको सुरक्षाको लागि प्रतिवद्ध व्यक्ति – मुम्बई पुलिसका पुरुष र महिलाहरूको जीवनको रक्षा गर्न सहयोग गर्ने लेखिएको छ ।

ट्वीटको प्रतिक्रियामा ५२ वर्षीय अभिनेता अक्षयले कोभिड-१९ को जटिलताका कारण मरेका हेड कांस्टेबल चन्द्रकान्त पेंडुरकर र सन्दीप सुर्वेलाई श्रद्धाञ्जलि अर्पण गर्दै आफ्ना प्रशंसकहरूलाई फाउण्डेशनमा चन्दा दिनसमेत आग्रह गरेका छन् ।

यसअघि पनि अक्षय कुमारले कोरोनाविरुद्धको लडाईंका लागि प्रधानमन्त्री राहत कोषमा २५ करोड रुपैयाँ भारू सहयोग गरेका थिए ।

jackson ribon