birat ribon

संघिय संसदको बजेट अधिवेशन बोलाउने तयारी

Neuro
संघिय संसदको बजेट अधिवेशन बोलाउने तयारी

काठमाण्डौ , १७ बैसाख । संघिय सरकारले प्रतिनिनिधि सभाको बजेट अधिवेशन आह्वान गर्ने तयारी गरेको छ ।

Padelux insider
cura insider

बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली संघीय संसद भवनमा रहेको बैठक कक्षको अवलोकन गरेपछि आगामी बजेट अधिबेशन बोलाउन सरकारले तैयारी गरिरहेको जानकारी गराएका हुन ।

कोभिड–१९को संक्रमणको जोखिम रहेको र यो अवस्थामा बैठक आह्वान गर्न सम्भव छ या छैन र कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी लिन प्रम ओलीले बैठक कक्षको अवलोकन गर्न संसद भवन गएका थिए ।

संघीय संसद सचिवालयका सहप्रवक्ता दशरथ धमलाका अनुसार प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षसँग अधिबेशन के कसरी र कहिले बोलाउन सकिन्छ भन्नेबारे परामर्श पनि गरेका थिए ।

संघिय संसद सचिवालयले कोभिड–१९को रोकथामका लागि अपनाउनुपर्ने व्यवस्थालाई ख्याल गर्दै धमाधम बैठक कक्ष पुननिर्माण गराइरहेको छ ।

त्यसका लागि सदस्यहरुको बसाइ एउटा सिट अल्टरनेट गर्ने, संयुक्त बैठकका लागि थप सिटहरु थप्ने कामहरु भैरहेको छ ।

त्यस्तै संसद भवनमा प्रवेश गर्दा डिसइन्फेक्सन गेट राख्ने, ज्वरो नाप्ने व्यवस्था गरिने तथा स्यानिटाइजरको प्रयोग गर्ने तयारी पनि भैरहेको छ ।

संघिय सरकारले १५ जेठमा अनिवार्य बजेट ल्याउनुपर्ने व्यवस्था संविधानमा छ । त्यसअघि नीति तथा कार्यक्रम, प्रि बजेट लगायतका विषयमा समेत संसदमा छलफल हुनुपर्छ ।

यसैले सरकारले जेठको पहिलो हप्तासम्ममा बजेट अधिवेशन सुरु गर्ने तयारी गरिरहेको छ ।

jackson ribon