birat ribon

कोरोना भाइरसको महामारीको कारण १८ हजार बढी मानिस क्यान्सरले मर्ने चेतावनी

Neuro
कोरोना भाइरसको महामारीको कारण १८ हजार बढी मानिस क्यान्सरले मर्ने चेतावनी

एजेन्सी, १७ वैशाख । युकेमा कोरोना भाइरस महामारीका कारण अर्को वर्षमा १८ हजार बढी क्यान्सरबाट मानिसहरूको मृत्यु हुने अवस्था छ, अन्वेषकहरूले चेतावनी दिएका छन् ।

Padelux insider
cura insider

अस्पतालमा बिरामीहरूको लागि ठाउँ बनाउनको लागि क्यान्सर उपचार हजारौंको संख्यामा रोकिएको छ ।

वैज्ञानिकहरू कम्तिमा ६ हजार २ सय ७० थप व्यक्तिहरू क्यान्सरको एक नयाँ केसबाट मर्नसक्ने भनेर डराउँछन् ।

हाल वर्तमानमा क्यान्सरका साथ लडिरहेको व्यक्तिहरू समावेश गर्दा संख्या १७ हजार ९ सय १५ पुग्ने देखिएको छ ।

महामारीबाट अप्रत्यक्ष मृत्यु भाइरसभन्दा क्यान्सर, हार्ट अट्याक, मानसिक स्वास्थ्य र अन्य अरु धेरै कारणले बढी हुने विज्ञहरूले चेतावनी दिएसँगै बेलायतमा कम्तिमा २१,००० मारिसकेको बताएका छन् ।

क्यान्सरका लागि एनएचएसको राष्ट्रिय क्लिनिकल निर्देशक प्रोफेसर पीटर जोनसनले कोरोना भाइरसको चिन्ता हुँदाहुँदै पनि क्यान्सर जस्ता पुराना रोगहरू अझ ठूलो खतरा हुने बताउँछन् ।

कोरोनाबाट संक्रमित व्यक्तिको उपचार गर्नका लागि ठाउँ राख्न अस्पतालले हिप र घुँडा अपरेसन, आइभिएफ़ उपचार तथा क्यान्सर उपचार जस्ता गैर-तत्काल प्रक्रियाहरू रद्द गरेको छ ।

सरकारले हरेक दिन कति जना व्यक्ति कोरोना भाइरसबाट मर्दै छन् भन्ने रिपोर्ट गरेपनि कि कति जना मानिस अप्रत्यक्ष रूपमा महामारीको कारण मरेका भन्ने स्पष्ट गरिएको छैन । –डेलीमेल

jackson ribon