birat ribon

कोशीमा ४ सय ९० को पीसीआर परीक्षण

Neuro
कोशीमा ४ सय ९० को पीसीआर परीक्षण

विराटनगर, १९ वैशाख । कोशी अस्पताल विराटनगरले ४ सय ९० जनाको कोरोना शंकास्पदको थ्रोट स्वाब परीक्षण गरेको छ ।

ल्याब स्थापना भएदेखि बुधबारसम्म ४९० जनाको कोराना परीक्षण गरेको हो ।

cura insider

जसमा २२ जनाको रिपोर्ट पोजेटिभ आएको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेण्डेन्ट डाक्टर संगीता मिश्राले जानकारी दिइन् ।

कोशी अस्पतालमा २८ चैतदेखि कोरोना परीक्षण सुरु भएको थियो ।

प्रदेश १ मा विराटनगरको कोशी र धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना परीक्षण हुन्छ ।

प्रदेश १ मा एक हजारको परीक्षण

प्रदेश १ मा एक हजार बढीको पीसीआर बिधीबाट कोरोना परीक्षण गरिएको छ । मंगलबारसम्म एक हजार १९ जना पीसीआर विधीबाट परीक्षण गरिएको हो ।

दु्रत विधिबाट भने ४ हजार ८ सय ८१ जनाको नमूना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालको कोरोना सूचना डेस्कले जानकारी दिएको छ ।

jackson ribon