birat ribon

कोभिड-१९ बाट अमेरिकामा १५ नेपालीको मृत्यु

Neuro
कोभिड-१९ बाट अमेरिकामा १५ नेपालीको मृत्यु

अमेरिका, १७ वैशाख । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट थप एक नेपालीको मृत्यु भएको छ ।

Padelux insider
cura insider

अमेरिकाको भर्जिनिया राज्यमा बस्दैआएका महेश पन्थीको मंगलबार मृत्यु भएको हो ।

बिरामी भएर गत चैत २६ (अप्रिल ८ तारिख) गते उनी अस्पतालमा भर्ना भएको थिए ।

उनीसमेत गरी अमेरिकामा मृत्यु हुने नेपालीको सङ्ख्या १५ पुगेको छ ।

तीमध्ये न्यूयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जना रहेका छन् ।

मेरिल्याण्ड राज्यका विधायक ह्यारी भण्डारीले दिएको जानकारीअनुसार १५ जनामध्ये सबैलाई कोरोना सङ्क्रमित भनेर पुष्टि गर्ने मजबुत आधार त छैन, तर कोरोना सङ्क्रमणका कारण मनोवैज्ञानिक त्रासले केही नेपालीको हृदयघातका कारणले पनि मृत्यु भएको देखिन्छ ।

उहाँ भन्छन्, “अरु रोग लागेका व्यक्तिमा कोरोनाको सङ्क्रमणले छिटो आक्रमण गर्ने र मानिसको रोगप्रतिरोधी क्षमता कमजोर गराइ मृत्यु नजिक पुर्‍याउने गरेको देखिन्छ ।”

jackson ribon