birat ribon

वाइडबडी चार्टर गरेर नेपाली कामदार दक्षिण कोरिया पठाउने तयारी

Neuro
वाइडबडी चार्टर गरेर नेपाली कामदार दक्षिण कोरिया पठाउने तयारी

वाइडबडी चार्टर गरेर नेपाली कामदार दक्षिण कोरिया पठाउने तयारी काठमाडौं, १७ वैशाख । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल एयरलाइन्सको वाइडबडी जहाज चार्टर गरेर नेपाली कामदार दक्षिण कोरिया पठाउने तयारी गरेको छ ।

Padelux insider
cura insider

इपिएस प्रणालीमार्फत रोजगारीका लागि कोरिया जान अनुमति पाएर पनि नेपालमै अलपत्र परेकालाई गन्तव्यमा पुर्‍याउन संघले जहाज चार्टर गर्न लागेको हो ।

भिसासहित सम्पूर्ण कागजी प्रकृया पूरा गरेर नेपालमा रोकिएका एक हजार तीन जनालाई दक्षिण कोरियाको श्रम गन्तव्यमा पुर्‍याउन नेपाल वायु सेवा निगमको वाइडबडी जहाज चाटर्ड गर्ने प्रकृया संघले अघि बढाएको गैरआवासीय नेपाली संघका अध्यक्ष तथा कोभिड–१९ उच्चस्तरीय समितिका संयोजक कुमार पन्तले बताए ।

वाइडबडी जहाज कोरिया पठाउन नेपाल वायु सेवा निगमसँग आवश्यक कानुनी प्रक्रिया र सम्झौता पूरा भइसकेको छ ।

संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठले पहिलो चरणमा १० लाख रुपैयाँ धरौटीसहित १६ वैशाखमा प्रारम्भिक सम्झौता गरेको जानकारी दिए ।

पहिलो चरणमा दुई सय ६० जनालाई लैजाने र अन्यको हकमा स्वास्थ जाँच सकेर प्राथमिकताको आधारमा लैजाने गरी प्रक्रिया अघि बढाएको पनि कोषाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

अन्तर्राष्ट्रिय उडानसम्बन्धी सम्पूर्ण प्रक्रिया र श्रमिकहरूको स्वास्थ्य जाँचको काम पूरा भए अर्को साताभित्रै नेपाल वायु सेवा निगमको वाइडबडी जहाज नेपाली श्रमिक बोकेर दक्षिण कोरिया उड्ने श्रेष्ठले बताए ।

गत आइतबार मन्त्रिपरिषद्को बैठकले सबै प्रक्रिया पूरा भएर पनि कोरिया जान नपाएका नेपाली श्रमिकलाई कोरिया सरकारसँग समन्वय गरेर उड्न दिने निर्णय गरेको थियो ।

अध्यक्ष पन्तले कोरियामा रहेका नेपालीलाई नेपाल फर्काउनका लागि वातावरण बनाउ नेपाल सरकारसँग आग्रह गरिएको बताए ।

jackson ribon