birat ribon

पोग्बा फर्काउन युभेन्टसले आफ्ना दुई खेलाडी दिने

Neuro
पोग्बा फर्काउन युभेन्टसले आफ्ना दुई खेलाडी दिने

एजेन्सी, १७ वैशाख । इटालियन क्लब युभेन्टसले पूर्वस्टार पल पोग्बा फकार्उनका लागि आफ्ना दुई स्टार खेलाडी म्यानचेस्टर युनाइटेडलाई दिने भएको छ ।

Padelux insider
cura insider

इटालियन मिडियाका अनुसार फ्रान्सेली स्टार पोग्बालाई ल्याउनका लागि युभेन्टसले मिरालेम पिजानिक र डग्लस कोस्टा दिने भएको हो ।

केही समययता विश्वकप विजेता पोग्बा प्रिमियर लिग क्लब छोड्ने चर्चामा छन् ।

उनलाई स्पेनिस क्लब रियल मड्रिड, फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र युभेन्टसले भित्र्याउने इच्छा देखाएका छन् ।

यता, म्यानचेस्टर युनाइटेड पनि उनलाई बेचेर जर्मन क्लब बोरुसिया डर्टमुण्डबाट जाडोन सान्चो ल्याउने योजनामा छ । उसले पोग्बालाई १ सय ५० मिलियन युरोमा बेच्ने योजना बनाएको छ ।

यसैगरी ४ वर्ष टुरिनबाट खेलेका पोग्बालाई युभेन्टसले फर्काउन चाहेको बताइन्छ ।

‘क्याल्सियोमेर्काटो’का अनुसार युभेन्टसले पोग्बाका लागि कोस्टा र मिरालेम पिजानिक दिन तयार देखिएको हो ।

त्यसबाहेक युनाइटेडले चाहेमा एलेक्स सान्ड्रो वा ब्लाइसे माटुइडी पनि पोग्बाको सट्टामा दिन युभेन्टस तयार रहेको जनाइएको छ ।

jackson ribon