birat ribon

‘देवी’को क्यारेक्टर पोस्टर सार्वजनिक

Neuro
‘देवी’को क्यारेक्टर पोस्टर सार्वजनिक

विराटनगर, १७ वैशाख । नेपाली फिल्म ‘देवी’को फस्टलुक पोस्टर सार्वजनिक भएका छन् ।

Padelux insider
cura insider

कोरोना भाइरसको कारण फिल्मको रिलिज अनिश्चित भएपनि निर्माण टिमले प्रचारका लागि फिल्मका केही क्यारेक्टर पोस्टरहरू सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गरिएको फिल्मको क्यारेक्टर पोस्टरमा फिल्मका मुख्य कलाकारहरू अभिनेता नाजिर हुसेन, गौरव पहाडी, अभिनेत्री शिल्पा मास्के देखिएका छन् ।

फिल्मलाई संजोग राईले निर्देशन गरेका हुन् ।

निर्देशक राई तथा अजय गौतमको लेखन रहेको फिल्ममा सुयोग सोताङ्गको संगीत रहेको छ ।

फिल्मलाई संजगका साथ रोमन गुरुङ र नारायण गुरुङले मिलेर निर्माण गरेका हुन् ।

जायल फ्रुमको छायाँकन रहेको फिल्मलाई अनुप सापकोटाले सम्पादन गरेका छन् ।

फिल्मको छायांकन सकिएको छ । फिल्मको विषयमा थप जानकारी भने दिइएको छैन ।

jackson ribon