birat ribon

लकडाउनका कारण अनिच्छित गर्भधारणमा वृद्धि हुन्छ : एनएफपीए

Neuro
लकडाउनका कारण अनिच्छित गर्भधारणमा वृद्धि हुन्छ : एनएफपीए

एजेन्सी, १७ वैशाख । संयुक्त राष्ट्रसंघको जनसङ्ख्या कोष (युएनएफपीए)ले कोरोना भाइरस सङ्क्रमणले उत्पन्न गराएको परिस्थितिका कारण ठूलो सङ्ख्यामा अनिच्छित् गर्भधारण हुने जोखिम बढेको जानकारी दिएको छ ।

Padelux insider
cura insider

हाल लागू गरिएको लकडाउन ६ महिनासम्म निरन्तर भए खासगरी निम्न तथा मध्यम आय भएका देशहरूमा ४ करोड ७० लाख महिलाहरूले परिवार नियोजनका साधनमा पहुँच गुमाउने युएनएफपीए चिन्ता जनाएको छ ।

त्यसको परिणामस्वरूप ७० लाख अनिच्छित् गर्भधारण हुनुका साथै यो अवधिमा लैङ्गिक हिँसाका ३ करोड १० लाख अतिरिक्त घटना हुनसक्ने अनुमान गरिएको छ ।

त्यस्तै, तीन महिनासम्म लकडाउन रहिरहेमा रहेमा थप २० लाख महिला आधुनिक गर्भनिरोधकका साधन प्रयोग गर्न असमर्थ हुने र एक करोड पाँच लाख महिला लैङ्गिक हिंसाका घटना हुने जनाएको छ ।

कोभिड-१९ को जोखिमका प्रभाव महिला तथा किशोरीहरूमा धेरै मात्रामा पर्ने हुँदा उनीहरूको स्वास्थ्य सुविधामा सीमितता ल्याउने देखिएको छ ।

यही सीमितता कारण नियमित जाँचसमेत उनीहरूले छाड्न सक्ने र सिङ्गो स्वास्थ्य प्रणालीमा समेत ठूलो भार पर्न सक्ने देखिन्छ ।

कोभिड १९ का कारण विश्वव्यापी आपूर्ति व्यवस्थामा आएको अवरोधले महत्वपूर्ण गर्भ निरोधकका साधनको अभाव हुनेका साथै महिलाहरू घरमै बस्ने हुनाले लैङ्गिक हिंसा बढ्न सक्ने जनाइएको छ ।

केही देशहरूमा लकडाउन लागू भएपछि महिलाहरूले घरेलु हिँसाबाट पीडित भएर फोन गरेको घटनाहरू बढेको विवरणहरू आइसकेका छन् ।

यूएनएफपीए महिलाको यौन तथा प्रजनन स्वास्थ्यमा कार्यरत निकायका रूपमा क्रियाशील रहेका छ ।

jackson ribon