birat ribon

२४ घण्टामा ७३ जनाको मृत्यु भएसँगै भारतमा मृतकको संख्या एक हजार नाघ्याे

Neuro
२४ घण्टामा ७३ जनाको मृत्यु भएसँगै भारतमा मृतकको संख्या एक हजार नाघ्याे

एजेन्सी, १७ वैशाख । पछिल्लो २४ घण्टामा ७३ व्यक्तिको मृत्यु भएसँगै भारतमा कोरोना भाइरस महामारीबाट मृत्यु हुनेकाे संख्या १ हजार कटेकाे छ ।

Padelux insider
cura insider

बुधबारसम्म विहानसम्म मृत्यु हुनेकाे संख्या एक हजार ७ पुगेकाे छ । पछिल्लाे २४ घण्टामा १ हजार ८ सय ९७ नयाँ विरामी थपिएसँगै भारतमा संक्रमित व्यक्तिको संख्या ३१ हजार ३ सय ३२ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ८ सय २७ जना व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन ।भारतमा निकाे हुनेकाे दर २४.५५ प्रतिशत छ ।

लकडाउनमा कडा प्रतिबन्धकाबीच मानिसहरूलाई घरभित्रै राखिएको भएपनि, महाराष्ट्र र गुजरातमा सबैभन्दा धेरै संक्रमण भएकाे देखिएकाे छ ।

महाराष्ट्रमा कोरोना भाइरसबाट ११ हजार १ सय ९६ संक्रमित छन । जसमा ४ सयको मृत्यु भएको छ भने १ हजार ३ सय ८८ व्यक्तिहरूलाई अस्पतालबाट घर पठाइएको छ ।

त्यस्तै, गुजरातमा ४ हजार ३ सय ५९ मानिसहरूलाई सार्स कोभ-२ बाट संक्रमित भएका छन् जसमध्ये १ सय ८१ जनाको मृत्यु भएको छ ।

घटनाहरूको संख्या बढेसँगै स्वास्थ्य मन्त्रालयले प्लाज्मा थेरापीको प्रयोगमा सावधानी अपनाएको छ, जसलाई गम्भीर बिरामी कोभिड-१९ बिरामीहरूलाई उपचारमा प्रयोग गरिएको छ ।

jackson ribon