एजेन्सी (भारत) १७ वैशाख । अमेरिकाले आफ्नो आधिकारिक ट्वीटर एकाउन्टबाट भारतलाई हटाइदिएको छ ।
भाइरस संक्रमण रोकथामका लागि भारतबाट मलेरियाको औषधि प्राप्त गरेपछि भारतलाई ट्वीटरमा फलो गरेको अमरिकाले चानक आफ्नो एकाउण्टबाट हटाइदिएको हो ।
अमेरिकाको व्हाइट हाउसले भारतको प्रधानमन्त्री नरेन्द्र मोदी, प्रधानमन्त्री कार्यालय, राष्ट्रपति भवनसहित कूल छ ट्विटर ह्यान्डललाई अनफलो गरिदिएको छ ।
भारतले केही दिनअघि अमेरिकालगायतका देशमा आफूले उत्पादन गरेको हाइड्रोक्सीक्लोरोक्वीन औषधि उपलब्ध गराएको थियो ।
त्यतिखेर अमेरिकन राष्ट्रपति डोनाल्ड टम्पले भारतको उपकार आफूले कहिल्यै नभुल्ने बताएका थिए । र, अमेरिकाले भारतलाई ट्वीटरमा फलो पनि गरेको थियो ।
यसरी एक्कासी अमेरिकाले भारतलाई ट्वीटरबाट हटाएपछि भारतीय अधिकारीहरू आश्चर्यचकित भएका छन् । उनीहरूले अमेरिकाले आफ्नो स्वार्थ पूरा गरेपछि आफ्नो रणनीति फेरेको त हैन भन्ने शंका गर्दैछन् ।