एजेन्सी, १७ वैशाख । चीनका शीर्ष वैज्ञानिकहरूले कोरोना भाइरस रोगको कारण हुने भाइरस (सेरोस कोभ-२) लाई रोक्न नसक्ने हुँदा यसले फ्लू जस्तो मौसमी संक्रमण निम्त्याइरहने बताएका छन् ।

चिनियाँ एकेडेमी अफ मेडिकल रिसर्च इन्स्टिच्यूटको पाथोजेन जीव विज्ञान संस्थानका निर्देशक जिन क्यूईले यो महामारी लामो समयसम्म मानवसँगै रहने सम्भावना अधिक रहेको र, पछि मौसमी बनेर मानव शरीरमा टिक्न राख्छ ।
अमेरिकी राष्ट्रिय एलर्जी र संक्रामक रोग संस्थानका निर्देशक एन्थोनी फाउचिलगायत धेरै वैज्ञानिकहरूले कोरोना भाइसले मौसमी रूपमा जाडोमा संक्रमण गराउने सम्भावना रहेको बताएका छन् ।
हिन्दूस्तान टाइम्सका अनुसार भारतका सार्वजनिक स्वास्थ्य विशेषज्ञहरूसमेत यस कुरामा सहमत छन् ।
उनीहरूका अनुसार भाइरस रहिरहने निश्चित छ किनकी यसले छिट्टै संक्रमण फैलाउन सक्ने र धेरै लक्षण नदेखिएका व्यक्तिहरू र हल्का रोग भएका व्यक्तिहरूमा संक्रमण भएको थाहा नहुने हुँदा संक्रमण फैलाउन सक्ने देखिन्छ ।
इन्फेकसियस जर्नलमा गरिएको एउटा अध्ययनका अनुसार सात प्रजातिका कोरोना भाइरसहरू मानिसमा संक्रमित गराउनका लागि चिनिन्छन् ।
अन्वेषकहरूले अधिकांश कोरोना भाइरसका घटनाहरू डिसेम्बर र अप्रिल/मे बीचमा पत्ता लागेको र जनवरी/फेब्रुअरीमा बढ्दै गएको पत्ता लगाए ।
कोरोना भाइरसको दोस्रो प्रकोप नोभेम्बरमा हुने सम्भावना छ ।
चिनियाँ वैज्ञानिकहरूले तातो मौसमले कोरोना भाइरसलाई धेरै असर पार्ने सम्भावना नभएको बताएका छन् ।
३० मिनेटको लागि ५६ डिग्री सेल्सियसमा पर्दा भाइरस मर्ने सम्भावना हुन्छ, तर मौसम कहिल्यै त्यति तातो नहुने प्याकिंग युनिवर्सिटी फर्स्ट अस्पतालका वांग गुइकियांगले बताए ।
मौसमले कोरोना भाइरसको मौसमी प्रकोप कसरी असर गर्छ भन्ने विषयमा हरेक मौसममा यसलाई हेर्नुपर्ने हुन्छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को अनुमान अनुसार मौसमी फ्लू प्रत्येक वर्ष विश्वभर ३ लाख देखि ६ लाख ५० हजार मानिसहरूको मृत्युको कारण बनेको छ ।