birat ribon

उपाधिसहित लिग अन्त्य गर्ने रामोसको लक्ष्य

Neuro
उपाधिसहित लिग अन्त्य गर्ने रामोसको लक्ष्य

एजेन्सी, १७ वैशाख । रियल मड्रिडका कप्तान सर्जियो रामोसले कोरोनाका कारण स्थगित लिग सुरु भएपछि आफ्नो चाहना उपाधि जित्नु रहेको बताएका छन् ।

Padelux insider
cura insider

‘यूनिसेफ’को एक कार्यक्रममा बोल्दै रामोसले उपाधिसहित यस सिजनको लिगको अन्त्य गर्न चाहेको बताएका हुन् ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाका कारण ला लिगा स्थगित छ ।

कोरोनाको दोस्रो बढी प्रभावित राष्ट्र भएका कारण स्पेनको शीर्ष लिग सुचारु हुने वा रद्द हुनेमा अन्यौलता रहेको छ ।

तर, रामोसले भने फेरि लिग खेल्न चाहेको र उपाधि जित्न चाहेको बताएका छन् ।

‘सबैको स्वास्थ्यलाई जोखिममा राख्न सकिँदैन तर म फेरि ला लिगा र च्याम्पियन्स लिग खेल्न चाहान्छु । म उपाधिसहित लिग अन्त्य गर्न चाहान्छु ।’

स्पेनमा २ लाख ३२ हजारभन्दा बढीमा कोरोना संक्रमण भएको छ भने २३ हजार ८ सयभन्दा बढीले ज्यान गुमाएका छन् ।

jackson ribon