birat ribon

९ लाख ५६ हजारभन्दा बढी कोरोनामुक्त

Neuro
९ लाख ५६ हजारभन्दा बढी कोरोनामुक्त

काठमाडौँ, १७ वैशाख । विश्वभर कोरोना भाइरस (कोभिड–१९) निको हुने मानिसको संख्या ९ लाख ५६ हजारभन्दा बढी रहेको छ ।

Padelux insider
cura insider

वर्ल्डोमिटरका अनुसार हालसम्ममा कोरोनाबाट निको भएर घर फर्किनेको संख्या ९ लाख ५६ हजार ३७ पुगेको छ ।

भाइरसबाट सबैभन्दा धेरै मानिस संक्रमित भएको संयुक्त राज्य अमेरिकामा १ लाख ४२ हजार २ सय ३८ संक्रमितको उपचार सफल भएको छ ।

यस्तै दोस्रो बढी प्रभावित राष्ट्र स्पेनमा १ लाख २३ हजार ९ सय ३ संक्रमित निको भएका छन् भने इटालीमा ६८ हजार ९ सय ४१ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

फ्रान्समा ४६ हजार ८ सय ८६ जना निको भएर घर फर्किएका छन् भने कोरोनाको उद्गम राष्ट्र चीनमा ७७ हजार ५ सय ७८ जना ठीक भएका छन् ।

विश्वभर ३१ लाख ३८ हजार ७ सय ४ जना कोरोना संक्रमित भएका छन् भने २ लाख १८ हजार संक्रमितको ज्यान गएको छ ।

हालसम्म नेपालमा ५४ जना कोरोना संक्रमित फेला परेका छन् भने जसमध्ये १६ जना उपचारपछि घर फर्किसकेका छन् ।

jackson ribon