birat ribon

बारीमै कुहियो तरकारी, बजारमा अभाव

Neuro
बारीमै कुहियो तरकारी, बजारमा अभाव

खोटाङ, १७ बैशाख । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेललगायत मुख्य बजारमा तरकारीको अभाव छ तर लकडाउनका कारण ढुवानी रोकिँदा बारीका तरकारी कुहिएर नष्ट हुन थालेका छन् । जिल्लाका कतिपय कृषकले उत्पादन गरेको तरकारी बिक्री नभएपछि गाई तथा भैँसीलाई कुँडोको रुपमा पकाएर खुवाउने गरेको पाइएको छ ।

Padelux insider
cura insider

अधिकांश खरिद गरेको तरकारी उपभोग गर्ने दिक्तेल बजारका स्थानीय बासिन्दा अहिले चर्को मूल्यमा खरिद गर्न बाध्य छन् । यसअघिसम्म प्रतिकेजी रु ५०÷६० मा पाइने गोलभेँडा लकडाउनका कारण बजारमा नआएपछि अहिले रु १२० मा खरिद गरेर उपभोग गरिरहेका छन् । किनमेल गर्ने सर्वसाधारणका कारण निकै व्यस्त रहने दिक्तेल बजारमा यसअघिसम्म दुई दर्जनभन्दा बढी तरकारी पसल सञ्चालनमा थिए । गाउँ तथा शहरबाट ढुवानी गरेर ल्याउन नपाएपछि अहिले अधिकांश तरकारी पसल बन्द नै भइसकेका छन् ।

छिटपुटरूपमा सञ्चालनमा रहेका तरकारी पसलमा पनि ग्राहकले खोजेको तरकारी पाउन मुस्किल छ । दिक्तेल बजारमा सञ्चालित तरकारी पसलमा अहिले लामो समयसम्म टिक्ने दाल, गुन्द्रुक, सिन्की, भटमासको मस्यौरालगायत मात्र पाइन्छ ।

सरकारले लागू गरेको लकडाउनपछि गाउँ तथा शहरबाट तरकारी नआएपछि पसल नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको दिक्तेल बजारस्थित सङ्गमपार्कका तरकारी व्यापारी श्याम पौडेलले बताउँछन्।

jackson ribon