birat ribon

डेबालालाई ६ सातामा चौथोपटक संक्रमण देखियो

Neuro
डेबालालाई ६ सातामा चौथोपटक संक्रमण देखियो

एजेन्सी, १७ वैशाख । इटालियन क्लब युभेन्टसका स्ट्राइकर पाउलो डेबालाको कोरोना भाइरस टेस्ट ‘पोजिटिभ’ आएको छ ।

Padelux insider
cura insider

अर्जेन्टिनी स्टार डेबालाको ६ सातामा टेष्ट गर्दा चौथो पटक कोरोना संक्रमण देखिएको हो ।

२१ मार्चमा डेबाला र उनकी गर्लफ्रेन्ड ओरियाना सबाटिनीलाई कोरोना संक्रमण देखिएको थियो ।

डेबालाले आफैंले प्रेमिका सबाटिनी र आफूलाई कोरोना भएको र क्वारेन्टाइनमा बसेर निको हुने प्रयत्नमा रहेको जनाएका थिए ।

त्यसबीचमा बारम्बार परीक्षण हुँदा उनको रिपोर्ट पोजिटिभ नै आएको थियो ।

६ सातामा परीक्षण गर्दा उनमा कोरोना संक्रमण पोजिटिभ नै देखिएको स्पेनिस मिडिया ‘एल चिरिङ्गुइटो’को एक कार्यक्रममा जनाइएको छ ।

रिपोर्ट पोजिटिभ नै आएपनि आफ्नो स्वास्थ्य सामान्य रहेको डेबालाले जनाएका छन् । आफू निको हुने प्रयासमा रहेको उनले बताएका छन् ।

jackson ribon