birat ribon

सर्वाधिक मंहगा खेलाडी नेयमारले पीएसजीबाट तीन वर्षमा १ सय ११ मिलियन युरो मात्र पाए

Neuro
सर्वाधिक मंहगा खेलाडी नेयमारले पीएसजीबाट तीन वर्षमा १ सय ११ मिलियन युरो मात्र पाए

एजेन्सी, १७ वैशाख । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले विश्व कीर्तिमानी रकमा किनेको खेलाडी नेयमारबाट अपेक्षानुरुपको प्रदर्शन पाएन ।

Padelux insider
cura insider

प्रायः समय घाइते रहेका ब्राजिलियन स्टार नेयमारको पेरिस बसाइ समस्यामै गुज्रियो ।

यो तीन वर्षे बसाइमा नेयमारले १ सय ५५ मध्ये ८० खेल मात्र खेले ।

स्पेनिस क्लब बार्सिलोनाबाट फ्रान्स आएका उनले ५१ प्रतिशत मात्र खेलमा सहभागिता जनाए ।

औषतमा उनले प्रतिसिजन २६ खेल मात्र खेले ।

पीएसजीले च्याम्पियन्स लिग जित्ने अपेक्षासहित नेयमारलाई २ सय २२ मिलिययन युरोमा किनेको थियो ।

तर, अपेक्षाअनुरुप प्रदर्शन नपाएपछि उनलाई पीएसजीले प्रतिसिजन ३७ मिलियन युरो मात्र दिँदै आएको छ ।

यसरी हेर्दा उनले १४ लाख युरो प्रतिखेल पाएका छन् । र, तीन वर्षमा ८० खेल खेलेका उनले १ सय ११ मिलियन युरो मात्र पाएका छन् ।

चोटका कारण उनले रियल मड्रिड र म्यानचेस्टर युनाइटेडविरुद्धका खेल गुमाएका थिए ।

सन् २०१८ को विश्वकप अगाडि नेयमार १०० दिन मैदानबाहिर रहे । २०१७–१८ को सिजनमा उनले ५६ खेलमध्ये ३० खेल मात्र खेले ।

युनाइटेडविरुद्धको खेल गुमाएको सिजन उनले ८८ दिन मैदानबाहिर बिताए । र, उनले ५५ खेलमध्ये २८ खेलमा मात्र सहभागिता जनाए ।

गत जुनमा खुट्टाको जोर्नीमा चोट बोकेका उनले सन् २०१९–२० को सिजनको सुरुआती खेल गुमाए ।

उनी बीचमा मैदान फर्किए तर अक्टोबरमा फेरि अर्को चोट बोके । सन् २०१९–२० मा उनले सम्भावित ४४ खेलमध्ये २२ खेलमा मात्र सहभागिता जनाए ।

jackson ribon