birat ribon

कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

Neuro
कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं, १७ बैशाख । सरकारले चालेका कदमको मूल्यांकन गर्न नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बुधबार (आज) बस्दैछ । दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ ।

Padelux insider
cura insider

सरकारले ल्याएको अध्यादेश, कोरोना संक्रमण र नियन्त्रणमा सरकारले चालेका कदमलगायतका विषयमा कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्ने सह महामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए ।

सरकार अधिनायक दिशामा रहेको आरोप लगाएको कांग्रेसले लकडाउनपछि सरकारविरुद्ध गरिने गतिविधिका विषयमा समेत छलफल हुने बताइएको छ ।

आजको बैठकले संसद बैठक छिटो बोलाउन सरकारसँग आग्रह गर्ने भएको छ । राहत वितरणमा विभेद गरिएको आरोप लगाएको कांग्रेसले सरकारको त्यसतर्फ ध्यानाकर्षण गराउने भएको छ ।

jackson ribon