birat ribon

मेस्सीलाई उछिन्न असम्भव छ : इटो

Neuro
मेस्सीलाई उछिन्न असम्भव छ : इटो

एजेन्सी, १७ वैशाख । बार्सिलोना पूर्वस्टार सामुअल इटोले लियोनल मेस्सीलाई उछिन्न नसक्ने बताएका छन् ।

Padelux insider
cura insider

पाँच वर्ष मेस्सीका साथ क्याप नोउमा बिताएका इटोले हालै दिएको एक अन्तर्वार्ताका क्रममा इटोले यस्तो बताएका हुन् ।

क्यामरुनका स्टार इटोले सन् सन् २००४ देखि २००९ सम्म बार्सिलोनाबाट खेलेका थिए ।

रियल मड्रिडबाट व्यवसायिक फुटबल सुरु गरेका उनले बार्सिलोनाबाहेक इन्टर मिलान र चेल्सी जस्ता प्रतिष्ठित क्लबबाट खेलेका छन् ।

पाँच वर्ष क्याप नोउमा मेस्सीसँग खेलेका उनले भने, ‘मेस्सी धेरै नै राम्रो खेलाडी हुन् । हामी सबैलाई अगाडि नै थाहा थियो कि मेस्सी एक दिन उत्कृष्ट खेलाडी बन्ने छन् । उनको कडा परिश्रमले नै उनलाई यति धेरै उपलब्धि दियो ।’

यसैगरी इटोले मेस्सी अझैसम्म परिवर्तन हुन नसकेको बताए ।

‘उनमा केही परिवर्तन आएको छैन । अझै पनि उनी राम्रो व्यक्ति हुन् । उनी क्षमतावान खेलाडी हुन् । उनलाई अरु कसैले उछिन्न धेरै नै कठिन छ । तथापि, उनलाई कसैले उछिन्न नै सक्दैन,’ उनले भने ।

jackson ribon